१३ दिन बित्यो तर पेश हुन सकेन संघीय निजामती सेवा विद्येयक

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका कारण जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन नसकेको हो ।

बिज्ञापन

छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

त्यस्तै गत २ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विद्येयक पेश गर्न कार्यसूचीमा राखिएको छ । कार्यसूचीको दोश्रो नम्बरमा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ । यस अघि १३ जेठमा कार्यसूचीमा पेश गरेर अन्तिममा हटाइएको थियो ।

बिज्ञापन

यस अघि जेठ १५ अगावै निजामती सेवा ऐन ल्याइने बताइँदै आएका थिए राज्यव्यवस्था समितिका सभापति र मन्त्री राजकुमार गुप्ताले । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राखेर विपक्षीहरुले सदन चल्न नदिएका कारण गत जेठ २ मा राज्यव्यवस्था समितिबाट पारित भएको विद्येयक त्यतै अलपत्र परिरहेको छ ।

संघीय निजामती सेवा विद्येयकका कतिपय प्रावधानप्रति राष्ट्रसेवक कर्मचारीहरु विरोध जनाउँदै आएका छन् । उनीहरुले उक्त विद्येयकका कतिपय प्रावधान सच्याउनुपर्ने मागसहित हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् ।

यस्तै उच्च प्रशासकहरु कुलिङ पिरियड राखिनु नहुने भन्दै लबिङ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष