कुन-कुन मन्त्री ‘रेड जोन’मा ?

सत्ता साझेदार दल काँग्रेस एमालेका केही मन्त्रीहरु रेड जोनमा परेका छन् । उनीहरुको विवादित गतिविधि,कमजोर कार्यसम्पादनका कारण ती मन्त्रीहरु हटाइनेको सूचीमा परेका हुन ।

बिज्ञापन

एमाले र काँग्रेसको सरकार बनेको ११ महिना समय लागेको छ । गत वर्ष असार २८ गते प्रधानमन्त्री ओलीले शपथ लिएको पाँच दिनपछि साउन २ गते क्याबिनेटले पूर्णता पाएको थियो । अहिले एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ र कांग्रेसले १० वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । तर दुई ठूला दलका सरकार हुँदा समेत डेलिभरी दिन सकेको छैन,सरकारले । यो बीचमा मन्त्रीहरुको कार्यसम्पादन औसत देखिएको छ ।

बिज्ञापन

ओली क्याबिनेटका विवादित मन्त्रीहरुमा रमेश लेखक,दिपक खड्का,राजकुमार गुप्ता,दामोदर भण्डारीको नाम आउने गर्दछ । व्यापारीका हित हुने गरी काम गरेको,कर्मचारी सरुवामा मोलमोलाइ,भिजिट भिसा प्रकरण, हाइड्रो कम्पनीहरूको लाइसेन्स, ठेक्का प्रकरणमा मुछिएका छन्,यी मन्त्रीहरु । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे एउटा समूहबाट निरन्तर लखेटिने मन्त्रीमा परेका छन् । यस्तै कार्यसम्पादनमा कमजोर अंक पाएका केही मन्त्रीहरु पनि रेड जोनमा छन् ।

विशेष गरी तीनवटा ‘उ’ उद्योग, ऊर्जा र उड्डयनका मन्त्रीहरु रेड जोनमा छन् । ओलीकै रोजाईमा दोश्रो पटक मन्त्री भएर उद्योगको नेतृत्व गरिरहेका भण्डारी सिमेन्ट,सुपारी प्रकरणका कारण विवादित छन् ।
ओली क्याविनेटका सबैभन्दा विवादित मन्त्री हुन,ऊर्जामन्त्री दीपक खड्का । यस अघि स्काउटकै जग्गाको करोडौं रकम नतिरेर विवादित उनी अहिले हाइड्रोको निर्माण ठेक्कामा पनि उनी विवादमा आएका थिए ।

बिज्ञापन

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणका कारण विवादित छन् । उनकै कार्यकालमा त्रिवि अध्यागमनबाट ४ महिनामै सुरेश पन्थीलाई कसुरजन्य विभागमा तानेर त्यहाँ तिर्थ भट्टराईलाई पठाइएको थियो । आफ्नो सचिवालयमा भ्रष्टाचारीमा डामिएका कर्मचारी राखेर भिजिट भिसा प्रकरणबाट दैनिक पचासौं लाख घुस बुझ्ने गरेको आरोप लागिरहेको छ,उनीमथि । यद्यपि देउवा गृहमन्त्री रमेश लेखकलाई हटाउन तयार छैनन् ।
यस्का अलवा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ‘डेञ्जर जोन’ मा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष