कुन-कुन मन्त्री ‘रेड जोन’मा ?

सत्ता साझेदार दल काँग्रेस एमालेका केही मन्त्रीहरु रेड जोनमा परेका छन् । उनीहरुको विवादित गतिविधि,कमजोर कार्यसम्पादनका कारण ती मन्त्रीहरु हटाइनेको सूचीमा परेका हुन ।

बिज्ञापन

एमाले र काँग्रेसको सरकार बनेको ११ महिना समय लागेको छ । गत वर्ष असार २८ गते प्रधानमन्त्री ओलीले शपथ लिएको पाँच दिनपछि साउन २ गते क्याबिनेटले पूर्णता पाएको थियो । अहिले एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ र कांग्रेसले १० वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । तर दुई ठूला दलका सरकार हुँदा समेत डेलिभरी दिन सकेको छैन,सरकारले । यो बीचमा मन्त्रीहरुको कार्यसम्पादन औसत देखिएको छ ।

बिज्ञापन

ओली क्याबिनेटका विवादित मन्त्रीहरुमा रमेश लेखक,दिपक खड्का,राजकुमार गुप्ता,दामोदर भण्डारीको नाम आउने गर्दछ । व्यापारीका हित हुने गरी काम गरेको,कर्मचारी सरुवामा मोलमोलाइ,भिजिट भिसा प्रकरण, हाइड्रो कम्पनीहरूको लाइसेन्स, ठेक्का प्रकरणमा मुछिएका छन्,यी मन्त्रीहरु । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे एउटा समूहबाट निरन्तर लखेटिने मन्त्रीमा परेका छन् । यस्तै कार्यसम्पादनमा कमजोर अंक पाएका केही मन्त्रीहरु पनि रेड जोनमा छन् ।

विशेष गरी तीनवटा ‘उ’ उद्योग, ऊर्जा र उड्डयनका मन्त्रीहरु रेड जोनमा छन् । ओलीकै रोजाईमा दोश्रो पटक मन्त्री भएर उद्योगको नेतृत्व गरिरहेका भण्डारी सिमेन्ट,सुपारी प्रकरणका कारण विवादित छन् ।
ओली क्याविनेटका सबैभन्दा विवादित मन्त्री हुन,ऊर्जामन्त्री दीपक खड्का । यस अघि स्काउटकै जग्गाको करोडौं रकम नतिरेर विवादित उनी अहिले हाइड्रोको निर्माण ठेक्कामा पनि उनी विवादमा आएका थिए ।

बिज्ञापन

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणका कारण विवादित छन् । उनकै कार्यकालमा त्रिवि अध्यागमनबाट ४ महिनामै सुरेश पन्थीलाई कसुरजन्य विभागमा तानेर त्यहाँ तिर्थ भट्टराईलाई पठाइएको थियो । आफ्नो सचिवालयमा भ्रष्टाचारीमा डामिएका कर्मचारी राखेर भिजिट भिसा प्रकरणबाट दैनिक पचासौं लाख घुस बुझ्ने गरेको आरोप लागिरहेको छ,उनीमथि । यद्यपि देउवा गृहमन्त्री रमेश लेखकलाई हटाउन तयार छैनन् ।
यस्का अलवा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ‘डेञ्जर जोन’ मा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष