स्वार्थ समूहको चलखेल : निजामती विद्येयक कार्यसूचीबाटै ‘गायब’

संघीय निजामती सेवा विद्येयकमा स्वार्थ समूहको चलखेल कुन हदसम्म चल्दैछ भन्ने एउटा दृश्य सतहमै देखिएको छ ।

बिज्ञापन

यस अघि संसद सचिवालयले तयार पारेको कार्यसूचीको पहिलो नम्बरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ ।

बिज्ञापन

अघिल्लो शुक्रवार समितिबाट पारित भएर गुपचुप राखिएको विद्येयक आज प्रतिनिधि सभामा पेश गर्न कार्यसूची सार्वजनिक गरिएको भए पनि अहिले कार्यसूचीबाट गायब गराइएको छ ।

कार्यसूचीको पहिलो नम्बरमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको छ ।

बिज्ञापन

यस्तै,सभामुखले प्रतिनिधि सभाको बिषयगत समितिका माननीय सदस्यहरुके नाम हेरफेर गर्ने,कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापाले कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचीमा राखिएको छ ।

यस्तै कार्यसूची अनुसार, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/ ८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ ।

सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
तर यस अघि प्रतिनिधि सभामा पेश गर्ने तयारी गरिएको निजामती सेवा विद्येयकमा स्वार्थ समूहको चलखेलका कारण कार्यसूचीबाट गायब बनाइएको छ । संघीय निजामती सेवा विद्येयकमा राजपत्र अनंकित तहका कर्मचारीहरुदेखि उच्च तहका कर्मचारीहरुको व्यापक असन्तृष्टि छ । तल्ला तहका कर्मचारीहरुले वृत्ति विकास,पदपूर्तिको व्यवस्था संशोधन हुनुपर्ने माग राख्दै आएका छन् । यस्तै स्थानीय र प्रदेशका कर्मचारीहरुले समेत उक्त विद्येयकप्रति असन्तृष्टि जनाउँदै आएका छन् । उच्च प्रशासकहरुले भने कुलिङ पिरियड लगायतका प्रावधानमा आपत्ति जनाउँदै आएका छन् । यही समूहको चलखेलका कारण कार्यसूचीबाटै यो बिषय उठाइएको संसद सचिवालय स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष