‘कर्मचारीमाथि अनुसन्धान शुरु हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने ?’ : मन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अनुसन्धान हुँदैमा आफूले राजीनामा नदिने प्रष्टाएका छन् ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा जोडिएर पार्टीभित्रै राजीनामा माग हुन थालेपछि उनले कर्मचारीमाथि अनुसन्धान हुँदैमा आफूले राजीनामा नदिने बताएका हुन । यस्ता प्रकरणहरु उठ्दा यस अघि मन्त्री शेरबहादुर तमाङ,गोकुल बाष्कोटादेखि सडक आन्दोलन उठ्ता शिक्षा मन्त्री विद्या भट्टराईले नैतिकतका आधारमा राजीनामा दिएका थिए । त्यही कारण मन्त्री लेखकलाइए समेत राजीनामा दिएर छानबिनलाई सघाउन आवाज उठ्दै जाँदा लेखकले भने कर्मचारीमाथि प्रश्न उठ्दैमा आफूले राजीनामा नदिने प्रष्टाएका छन् ।
पछिल्लो समय त्रिवि अन्तराष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा दैनिक ५० लाखसम्म उठाएर मन्त्रालयसम्म भागबण्डा हुने गरेको बिषय बाहिरिरहेको छ । तर अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको बताउँदै आफ्नो राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

बिज्ञापन

गृह मन्त्रालयमा हजारमा होइन, लाखको संख्यामा कर्मचारी छन् । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिंदै जाने हो ?

उनले यसबारे थप प्रष्ट पार्नका लागि आगामी १३ गते प्रतिनिधिसभामा समय लिइसकेको र थप त्यही बेलामा बताउने पनि जानकारी गराए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष