अध्यागमनको महानिर्देशकमा निरौला,टिआइएमा थापा

गृह मन्त्रालयले १३ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । गृहले आज गरेको निर्णय अनुसार अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ । केही अघिमात्र त्यहाँका महानिर्देशक रुद्रमान सिंह तमाङ मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार काण्ड लागेर निलम्बनमा परेसँगै त्यहाँ निरौलालाई खटाइएको हो ।

बिज्ञापन

यस्तै गृहले प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेर त्यहाँ नरबहादुर थापालाई खटाएको छ । गृहले सहसचिव र उपसचिव गरी २२ कर्मचारीहरुको सरुवा गर्दा विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

बिज्ञापन

यस्तै गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् । यस्तै हालैमात्र उपसचिवबाट बढूवा भएका रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९९.४३ प्रतिशत कर्मचारीको तलबी प्रतिवेदन समयमै पारित

डिभिजन इन्जिनियर रिमालले किन दिए राजीनामा ?

BAT २६ समूहले नेपाल प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग

निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

पूर्वमन्त्रीदेखि पार्टीको प्रवक्तासम्मले छाडे सीके राउतको साथ

बिशेष