गृह र सामान्य प्रशासनको कर्मचारी खटन पटनमा अनेकन गाइजात्रा

निजामती प्रशासनलाई कसरी माटोमा मिलाइदैंछ,खोज्न टाढा जान पर्दैन,संघीय मामिला तथा सामान्य प्रशासन,गृह प्रशासनले गरिरहेको सरुवालाई नजिकबाट हेरे पुग्छ । गृह प्रशासन बुझ्दै नबुझेका गोकर्णमणि दुवाडी अहिले सचिवको भूमिकामा छन्,रमेश लेखक त्यहाँका हर्ताकर्ता । अनि पर्सा जिल्लाबाट तीन जना मधेसी नेताहरु मन्त्री बन्ने मौका पाउँदा राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । त्यहाँ निजामती क्षेत्रमा सुधार गरौं भन्ने ध्येय बोकेका रविलाल पन्थ सचिव छन् तर निरिह सचिवले चाहेरमात्र कहाँ सुधार हुन्थ्यो र निजामती प्रशासन ?

बिज्ञापन

जसरी शिक्षा सेवाका टेकनारायण पाण्डेलाई गृह सचिव बनाउँदा गृह प्रशासन ध्वस्त भएको थियो अहिले उही अवस्थामा छ,गृह मन्त्रालय । त्यहाँ एक दर्जन सहसचिव गृहको बरण्डामा छन् तर काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरादेखि बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओ खटाइएको छ । जबकी यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । डडेलधुरामा चोमेन्द्र न्यौपाने गत भदौ २४ गतेदेखि, जुम्लामा रामबहादुर शाही असोज ९,डोटीमा मोहनराज जोशी,बैतडी जिल्लामा दिर्घराज उपाध्याय कार्तिक १२ गतेदेखि र पुस २८ देखि सावित्रा पुन सल्यानको सिडिओको जिम्मेवारीमा छिन् । जबकी गृहको कौसीमा प्रेमप्रसाद भट्टराई ४ महिनादेखि हल्लिरहेका छन् । उनी रुपनारायण भट्टराईका आफ्नै भाइ हुन ।

बिज्ञापन

यस्का अलवा शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, वासुदेव दाहाल बरण्डामा घाम तापिरहेका छन् । यीमध्ये आचार्य,पोखरेल,सुवेदीलाई माओवादी निकटका रुपमा चिनिन्छ,त्यही कारण उनीहरुलाई बरण्डा विभागमा थन्काइएको हो । यस्का अलवा सुनिता नेपाल र बुद्धबहादुर गुरुङ पनि गृहको बरण्डामै ‘घाम ताप्ने’ शाखामा छन् ।

उता यस्तो जात्रा,सामान्यमा पनि देख्न पाइन्छ । त्यहाँ दर्जन सहसचिवलाई बरण्डामा थन्काइएको छ । तर सहसचिवको दरबन्दी भएका महानगरपालिकादेखि अधिकांश उपमहानगरपालिकामा उपसचिवलाई हाकिमको जिम्मेवारी दिएर खटाइएको छ । सामान्यमा गोविन्दप्रसाद अधिकारी, सिर्जना थपलिया, हेमराज अर्याल, टंकनाथ लम्साल र निता शर्मा जगेडामा छन् तर सहसचिवको दरबन्दी भएको धरान,नेपालगञ्ज,कलैया,बुटवल, तुल्सीपुर घोराही र धनगढी उपमहानगरपालिकाका उपसचिवले प्रमुख प्रशासकीय अधिकृत चलाइरहेका छन् ।

बिज्ञापन

सामान्यले दरबन्दी अनुसार सहसचिव पठाएको नगरपालिका भनेको हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम र जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं मात्र हुन ।
यस्तो विकृती र विसंगति हुँदा समेत सचिवहरु भने मुकदर्शक बनेर हेरिरहेका छन् । सहसचिव जानै मान्दैनन भने ती जिल्लाको प्रमुख जिल्ला अधिकारी वा उपनगरपालिकामा दरबन्दी राखेको किन ? अनि दरबन्दी नै राख्ने हो भने खटाउन नसकेको किन ? यो लाचारीपना होइन ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष