अख्तियारमा कार्यरत कर्मचारीको तलब रोक्ने मेयरको चेतावनी

कतिपय जनप्रतिनिधिहरुले कतिसम्म अनाडीपना देखाउँछन् भन्ने एउटा उदाहरण देखाएका छन्,सिन्धुपाल्चोकस्थित बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ।

बिज्ञापन

बुधबारमात्र अख्तियारले उनका दाजु मोहनबहादुर बस्नेतको बिरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन अर्ब २१ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेपछि मेयर बालकृष्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि प्रतिशोध देखाएका छन् ।

बिज्ञापन

दाजुको विरूद्धमा मुद्दा दर्ता भएको केही घण्टा बित्न नपाउँदै उनले क्षेत्राधिकार बाहिर गएर उनले अख्तियारमा कार्यरत पाँचौ तहको एक कर्मचारीलाई कानुन विपरीत काज फिर्ता हुन भन्दै पत्र काटेका छन् । नगर प्रमुख बस्नेतले आयोगमा कार्यरत पाँचौँ तहको कर्मचारी अम्बिका दाहाल ओझालाई तत्काल काज फिर्ता गर्न पत्र पठाएका छन् । बिहीबार मात्रै अख्तियारले प्रमुख बस्नेतका दाजु पूर्वमन्त्री मोहन बस्नेतका विरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

सो लगतै मेयर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीलाई तलब रोक्ने चेतावनी सहितको पत्राचार गरेका हुन। बाह्रबिसे नगरपालिकामा दरबन्दी भई अख्तियारमा काजमा कार्यरत अम्बिका दाहाल ओझालाई बिहीबार पत्र लेख्दै नगरपालिकामा हाजिर नभए तलब रोक्ने चेतावनी दिएका हुन्।अख्तियारमा काजमा कार्यरत ओझा पाँचौँ तहकी कर्मचारी हुन् । महिला निरीक्षकको रुपमा पालिकामा दरबन्दी भएकी ओझा अख्तियारमा कार्यरत छिन् ।

बिज्ञापन

मेयरले लेखेको पत्रमा भनिएको छ, ‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिनाभन्दा बढी अवधिका लागि काज खटाउन पाइनेछैन भन्ने व्यवस्था भएकाले सात दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब–भत्ता यस कर्यालयबाट भुक्तानी नहुने व्यहोरासमेत अनुरोध छ ।’

तर मेयरले अन्यत्र कार्यरत कर्मचारीलाई काज फिर्ताका लागि पत्र लेख्न मिल्दैन । संघीय मामिला मन्त्रालयले मात्र यसरी पत्राचार गर्न मिल्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष