निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

बहुप्रतिक्षित संघीय निजामती सेवा विद्येयकको प्रतिवेदन तयार भएको छ । संविधान पछिको दोश्रो कानुन मानिएको निजामती कर्मचारीको कानुनको मस्यौदाको प्रतिवेदन लामो समयको रस्साकस्सी पछि तयार भएको हो । प्रतिनिधि सभामा दर्ता भएको झण्डै १४ महिना पछि समितिले संघीय निजामती सेवा विद्येयकको प्रतिवेदन तयार पारेको हो ।

बिज्ञापन

प्रतिनिधि सभाको राज्यव्यवस्ता तथा सुशासन समितिका सदस्यहरुले लामो रस्साकस्सीपछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार पारेका हुन ।
कूल १४७ वटा दफा रहेको उक्त विद्येयकका कतिपय प्रावधानहरुमा सहमति जुट्न नसकेपछि गत फागुनमा राज्यव्यवस्ता तथा सुशासन समितिले काँग्रेस सांसद तथा समितिका सदस्य दिलेन्द्र बढुको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । महिना दिनको समयसीमा दिएर गठन भएको उपसमितिले प्रावधानहरुमा छलफल गरेर मूल समितिमा बुझाएको थियो । उपसमिति समेत कुलिङ पिरियड,अतिरिक्त सचिव लगायतका प्रावधानलाई टुंग्याउन सकेको थिएन । ती बिषयमा राजनीतिक दलका मूल नेतृत्वहरुसँग छलफल गरेर विद्येयकको मस्यौदा तयार भएको हो ।

बिज्ञापन

निजामती विधेयकको तयार प्रतिवेदनमाथि आइतबार राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल हुने भएको छ । आगामी आइतबार बिहान ८ बजे समितिको बैठक बसेर बिधेयकको प्रतिवेदन दफादार छलफल गर्न लागिएको हो ।विद्येयकको दफादार छलफल सकाएर प्रतिवेदन यही बजेट अधिवेशनमा पास गर्ने सरकारी तयारी छ ।

निजामती सेवा बिधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष