काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

एमालेसँग अहिले अर्थ,उद्योग,भूमि,संघीय मामिला,सञ्चार,शिक्षा,भौतिक पूर्वाधार,कृषिसहितका ९ मन्त्रालय छन् । तर ती मातहतका निकायमा धमाधम काँग्रेसीले नियुक्ति खाँदैछन् । यस अघि नै धितोपत्र बोर्ड सन्तोषनारायण श्रेष्ठ, बीमा प्राधिकरणमा शरद ओझालाई सुम्पिएकै थिए । अब गभर्नरको पालो छ । सञ्चारमातहतको राष्ट्रिय सूचना आयोगको नेतृत्व अहिले काँग्रेसीले गरिरहेका छन् । काँग्रेस एमालेका संयुक्त सरकार बने यता विभिन्न १३३ वटा नियुक्ति हुँदा छानी छानी लाभ लिएका छन्,काँग्रेसी जनले,एमालेका कमरेडहरुको हालत ‘हिस्स बूढी,हरियो दाँतको ।’

बिज्ञापन

चैत्र १८ मा नेप्सेमा नारद लुँइटेलको नाममा टिपेक्स दलेर चुणामणि चापागाईलाई लगिएको भेटिन्छ । यस्तै,कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशकमा डा।प्रद्युम्नराज पाण्डेले नियुक्ति भेटे । चैत्र ११ मा कुलमान घिसिङ्गलाई हटाएर नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यको नियुक्ति पाएका छन् भने रमेश लेखकका भतिज विन्देश्वर लेखक ८ महिना सम्म परराष्ट्रको बरण्डामा थन्काएर उनैले रोजेकै निकाय नेपाली महावाणिज्यदूत हङ्गकङ्ग जाने अवसर पाएका छन् । यस्तै चैत्र ४ मा ऋृण असुली न्यायधीकरण बैकिङ्ग सदस्यमा नियुक्त नरेशराज अर्याल,राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गृहमन्त्री रमेश लेखककै जोडबलमा दिनेश भट्ट,जनक शिक्षाको प्रवन्ध सञ्चालक यदुनाथ पौडेल,शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त भएका पवित्रा सुवेदी र रामशरण सापकोटा,विद्युत नियमन आयोगमा नियुक्त भएकी ग्लोवल आइएमई बैंकको सञ्चालक समेत रहेकी भगिरथी भट्टदेखि राष्ट्रिय चिया कफी विकास वोर्डको कार्यकारी निर्देशकमा नियुक्त फाइन्द्रराज पाण्डे,स्वास्थ्य वीमा वोर्डको कार्यकारी निर्देशक नियुक्त रघुराम काफ्लेमध्ये अधिकांश’काँग्रेसी’ हुन ।

बिज्ञापन

गत फागुन १२ मा वीमा प्राधिकरणमा पत्रकारिता पृष्टभूमिका शरद ओझालाई थपना गरिएको छ । प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल,खानेपानी संस्थानमा अर्जुनबाबु ढकाल,विशेष आर्थिक क्षेत्र सेजमा छत्रबहादुर कटुवाल,राखेप उपाध्यक्षमा ध्रुव आचार्य र सदस्यमा शान्ती चौधरी,आनन्द झा,सुर्वण श्रेष्ठ,कमल भट्टराई,हिमाल श्रेष्ठ,नन्दा बस्याल,जगतसिंह धामी,भरतबहादुर चन्दले नियुक्ति पाएका छन् । ०८१ मंसिर ६ गते राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश प्रसाद आचार्य र सूचना आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारी पौडेलले नियुक्ति भेट्टाएकी छिन् । यस्तै भूमि व्यवस्था सामाधान आयोगका अध्यक्षमा हरि रिजाल,उपाध्यक्ष सनत कुमार कार्की,सदस्यमा गुञ्ज खड्का,अनिलकृष्ण प्रसाई,जगत बस्नेत,टंक शाही,आरती भण्डारी नियुक्त गरिए भने अन्य ७० जिल्लामध्ये दुई ठूला दलले ३५/३५ वटा जिल्ला काँग्रेस एमालेले बाँडेर लिए । त्यसमा ठूला र बढी जनघनत्व भएका जिल्ला काँग्रेसीको भागमा परेको देखिन्छ । नापी र मालपोतका कर्मचारीबाट गराउन सकिने कामका लागि राजनीतिक भागवण्डामा ३१६ जना कार्यकर्ता भर्ति हुँदा मासिक रुपमा राज्यकोषमा थप ५० लाख व्ययभार थपिने हिसाब किताब निस्कन्छ । हुम्ला र पूर्वी रुकुममा सुकुमवासी र अव्यवस्थित बसोबासी परिवार छैनन् । रोचक त कतिसम्म देखिन्छ भने हुम्ला र पूर्वी रुकुममा सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारको एउटा पनि निवेदन नपरेका जिल्लामा समेत कार्यकर्ता पोस्नका लागि भन्दै आयोग बनाइएको छ र कर्मचारी खटाइएको छ ।

उता,कृषि विकास बैंकका सिइओमा नियुक्त गोविन्द गुरुङ्ग,नेपाल टेलिकममा संगीता पहाडी नियुक्त भएका छन् । यस्का अलवा १८ देशमा राजदूत नियुक्ति ८ नेपाली कांग्रेस र ८ जना एमालेले बाडीचूँडी लिएका हुन । यस्तै, मन्त्रिपरिषदका निर्णयहरु पल्टाउने हो भने ०८१ साउन १० गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्दा योग्य र विज्ञलाई छाडेर दलीय कोटामा नियुक्ति गरिएको छ । यसरी भागबण्डामा ठूल्ठूला नियुक्ति जति काँग्रेसीले लिइरहेको छ । तर काँग्रेसले सम्हालेको मन्त्रालय मातहतको एउटा निकायमा ९ जना नियुक्ति हुँदा १ जना एमालेका र बाँकी ८ काँग्रेसीले नियुक्ति पाएको देखिन्छ । हालैमात्र तेजुलाल चौधरीले सम्हालेका युवा तथा खेलकुद मातहतको राष्ट्रिय युवा परिषद्मा ९ जना नियुक्ति गरिदा एक जनामात्र एमाले र बाँकी काँग्रसी परेका छन् । काँग्रेस निकट नियुक्त हुनेमा नेविसंघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकालसहित बिमला मल्ल, विकास अधिकारी, अधिराज रेग्मी, शुनिल शिवाकोटी, अर्णव चौधरी, राजकिशोरकुमार यादव र मोहम्मत मोजरे आलमले नियुक्त पाए । एमाले निकटबाट अनेरास्ववियु केन्द्रीय सदस्य तथा जेसिज दैलेखका अध्यक्ष प्रतिमा खड्का एक्ली परिन,नियुक्ति पाउनेमा ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक वित्त व्यवस्थापनमा नेतृत्व र जवाफदेहिताको भूमिका

यात्रा संस्मरणः परशुराम नगरपालिकाको लिउडे गाउँको भ्रमण

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर

पूर्व उपराष्ट्रपति र उनको परिवारतिर सोझियो सुन तस्करी अनुसन्धानको सुँइ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

बिशेष