कार्यविधि विपरित गृह जिल्लामा खटिएका सिडियोहरु फिर्ता

गृह आफैले तयार पारेको मापदण्ड विपरित आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाउन पुगेका सहसचिव र उपसचिवहरु फिर्ता भएका छन् । गृहले फागुनदेखि यताको तीन महिनाको अवधिमा तीन जना सहसचिव र उपसचिवहरुलाई गृह जिल्लाबाट फिर्ता गराएको छ ।

बिज्ञापन

रवि लामिछाने गृह मन्त्री हुँदा तयार भएको प्रमुख जिल्ला अधिकारी सरुवा तथा पदस्थापनसँग सम्बन्धित कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ नबनाउने भनेको छ। कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने बुँदा राखिएको छ ।

बिज्ञापन

तर गृहले मापदण्ड विपरित नुवाकोट,दैलेख र महोत्तरीमा प्रमुख जिल्ला अधिकारी खटाएको थियो जसमध्ये गृहले हिजोमात्र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी गृह मन्त्रालय तानेर त्यहाँ नारायण रिसाललाई खटाएको छ । कवारी गत १४ कात्तिकदेखि महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । गृहले झण्डै दुई महिना अगाडि अर्थमात्र गृहमा भित्रिएर भूमिकाविहिन रहेका नारायण रिसाललाई त्यहाँ खटाएको हो ।

यस अघि साता अगाडिमात्र गृह जिल्ला दैलेखकको सिडिओ रहेका नवराज जैसीलाई मन्त्रालय तानेर सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको सिडिओ बनाएर पठाइएको छ।
यस्तै मापदण्ड विपरित गृहजिल्लामा खटाइएका सहसचिव रामकृष्ण अधिकारीलाई गत फागुनमा मन्त्रालयमा तानेर त्यहाँ शशिधर घिमिरेलाई खटाइएको छ । गृहको बरण्डामा दुई महिनाको बसाइ पछि अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँमा खटाइएको छ अघिल्लो साता ।
उता अझैं मापदण्ड विपरित मकवानपुरमा स्किम श्रेष्ठ कार्यरत छिन् । मकवानपुर हटियाकी स्किम गत फागसन ९ देखि गृहजिल्लाको नेतृत्व गरिरहेकी छिन् ।०८१ जेठ १३ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओको जिम्मेवारी रहेकी उनलाई ९ महिना पछि आफू मापदण्ड विपरित गृहजिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष