भारतीय विश्वविद्यालयमा अर्की नेपाली छात्राको मृत्यु 

भारतीय विश्वविद्यालय केआइटीमा अध्ययनरत अर्की नेपाली छात्राको मृत्यु भएको छ । यस अघि गत फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु भएको थियो । सो घटनाको दुई महिना नबित्दै फेरि अर्की छात्राको मृत्यु भएको हो ।

बिज्ञापन

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा प्रिशा शाहको शव झुण्डिएको अवस्थामा फेला परेको हो । सो विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव भेटिएको छ । हिजो साँझ नियमित जाँचको क्रममा छात्रावासमा बस्दै आएको चौथो तलाको उनको कोठाको ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत फेला परेको बताइन्छ । पर्साको वीरगञ्ज निवासी बि(टेक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।घटनाको अनुसन्धान भुवनेश्वरको इन्फोसिटी प्रहरीद्वारा भइरहेको छ।

बिज्ञापन

परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहल थालेको छ। सो सँगै परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रिशा मृत भेटिएको घटनाले मर्माहत भएको भन्दै मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी गराएकी हुन्।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। कम्प्युटर साइन्स तेस्रो वर्षकी विद्यार्थी लम्सालको मृत्युको सुरुवाती अनुसन्धानमा आत्महत्याको आशंका गरिएको थियो। प्रकृतिको मृत्युको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राज्य सरकारले पनि घटनाको छानबिन गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

कुमारीमा कीर्ते काण्ड त कति कति

सफाइ पाएसँगै मन्त्रालयमा फर्किइन अतिरिक्त सचिव

सहसचिव,उपसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्धा

सात हजार थान भेप बरामद

बिशेष