यस अघि नै अकुत र भ्रष्टाचारका मुद्धा लागेर निलम्बनमा परेको मेयर भरत थापामाथि फेरि अर्काे मुद्धा चलाइएको छ ।
बिज्ञापन
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ। वन तथा वातावण मन्त्रालयले नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो।
बिज्ञापन
वन तथा वातावरण मन्त्रालयले सर्लाही जिल्ला अदालतमा ६ जनाविरुद्ध बिहीबार जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनुपर्ने मागदाबी छ।
२०७४ सालमा बागमती नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख भरत थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए।
बिज्ञापन
सागरनाथ विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी, परियोजनाको बिनाकुनै स्वीकृति त्यस क्षेत्रको ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी माछा पोखरी खन्ने भनेर बनाएको परियोजनालाई पछि नगर प्रमुखकै नामबाट भरत ताल नाम राखिएको थियो।
अख्तियारले गत जेठ २९ गते नगरप्रमुख थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै मेयर,उपमेयर निलम्बित छन् । मुद्धा विशेष अदालतमा चलिरहेको छ । भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा ३० करोड २९ लाख ३४ हजार ८९७ रूपैयाँ ४० पैसा बराबरको हिनामिना भएको भन्दै आयोगले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।