शिक्षाका सहसचिवलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएर खटाइयो,महानगरपालिका भन्छ :’ हाजिर हुनै दिन्नौं’

सरकारले खटाएको सहसचिव (प्रमुख प्रशासकीय अधिकृत)लाई महानगरपालिकाले हाजिर गर्न नदिने तयारी गरेको छ । सरकारले प्रशासन सेवाका कर्मचारीलाई सिंहदरबारतिरै जगेडामा राखेर शिक्षा सेवाका सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत शिक्षातिरका सहसचिव रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको सूची हिजोमात्र सार्वजनिक भएको छ ।
यसका अलवा सरकारले अन्य तीन महानगरपालिकाबाट समेत प्रमुख प्रशासकीय अधिकृतहरु सरुवा गरेको छ । सूची अनुसार,इटहरी, जनकपुर र नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख कार्यकारी अधिकृतहरूको सरुवा गरिएको छ । जस अनुसार,ओमबहादुर खड्कालाई सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, २३ नम्बरमा इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज भुसाललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरिएको उल्लेख छ । यस्तै सूचीको ३० नम्बरमा जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । उता, विराटनगर महानगरपालिकामा युवा तथा खेलकुद मन्त्रालयबाट सहसचिव रामचरित्र मेहतालाई खटाउने निर्णय गरेको छ ।

बिज्ञापन

आफ्नो सहमति बिना शिक्षा सेवाका सहसचिव रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको छ । मेहता यसअघि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कार्यरत थिए । त्यसअघि उनी इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए । त्यसबेला उपप्रमुखसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो ।

बिज्ञापन

प्रशासन सेवाका सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने ठाउँमा शिक्षाका सहसचिव मेहतालाई ईटहरी उपमहानगरपालिकाको केही समय नेतृत्व लिएर गत माघ २८ गते युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको थियो। मन्त्रालयबाट दुई महिना नबित्दै उनलाई फेरि मन्त्रालयबाट पालिकामा खटाइएको हो । यस अघि उनी
३ वर्ष अघि ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । मेहता ०६९ असोजमा मधेशी कोटाबाट प्रशासन तर्फको शाखा अधिकृत बनेका रामचरित्र २०७८ पुसमा त्यहिँ कोटाबाट शिक्षा तर्फको सहसचिव बनेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

बिशेष