‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कार्यालय सहयोगीदेखि निजामती सेवाको उच्च पदस्थ मुख्य सचिवसम्मको चित्त बुझ्ने प्रकारका प्रावधान राखेर संघीय निजामती ऐन आउने बताएका छन् ।

बिज्ञापन

रक्षा मन्त्री,मुख्य सचिव,अर्थ सचिव,प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव,कानुन सचिव,सामान्य प्रशासन मन्त्रालयका सचिव लगायतका शासक प्रशासक तथा समितिका सदस्यहरुलाई अगाडि राखेर समिति सभापति खतिवडाले तल्ला तहका कर्मचारीदेखि सबैभन्दा उपल्ला तहका मुख्यसचिवसम्मको चित्त नदुख्ने गरी ऐन जारी हुने बताएका हुन ।
समिति अन्तर्गतको उपसमितिले दिएको प्रतिवेदनका आधारमा अधिकांश विवादित विषयहरूमा सहमति नजिक पुगेको जनाउँदै आगामी अधिवेशनमा ल्याउने गरी काम भइरहेका सुनाउँदै खतिवडाले कुलिङ पिरियड,भेटनरी,कम्युटर अपरेटर,अतिरिक्त सचिव लगायतका केही बिषयहरु टुंगिन बाँकी रहेको र यी बिषयमा सहमतिको नजिक रहेको बताएका छन् ।

बिज्ञापन

यता काँग्रेस र एमालेका सांसदहरुले भने  अबको तीन दिनभित्रै ३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने तयारी भइरहेको र विवादित बिषयहरुमा सहमति नजिक पुगेको बताएका छन् ।  प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समिति अन्तरगतको उपसमितिले बुझाएको प्रतिवेदन उपर छलफलका लागि आज जुटेका सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले आगामी ३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने तयारी थालेका छन् ।

खतिवडाका अनुसार कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त नदुख्ने गरी निजामती विद्येयक आगामी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताएका छन्। उनले निजामती विधेयक व्यक्तिगत फाइदा नहेरी मुलुकको हितका लागि बन्ने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

बिशेष