अमिनदेखि उपसचिवसम्म १९ बर्षदेखि निरन्तर नापीमै,पुन: ललितपुर फर्कन जोडबल

विगतमा ललितपुर नापीमा बस्दा विवादै विवादमा मुछिएका उपसचिव (प्रमुख नापी अधिकृत) उमेश कुमार पुन ललितपुरै फर्किने गरी चलखेल गरिरहेका छन् । यस अघि ललितपुरमा प्रमुख नापी अधिकृत हुँदा नख्खु खोला करिडोरमा पर्ने सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक अद्यावद्यिक गरेको बिषय अख्तियारदेखि नियामक निकायमा उजुरी परे पछि सरुवा भएर जनकपुर पुगेका उनी बर्ष दिन नपुग्दै फेरि त्यहाँबाट ललितपुरमा फर्कनका लागि जोडबल गरिरहेका छन् । यस्का लागि अनिवार्य अवकाश लागेर तीन दिन पछि घर जान लागेका सचिवलाई प्रभावमा पार्ने प्रयास गरिरहेका छन् ।

बिज्ञापन

जागिरे जीवनका १९ बर्ष नापीमै बिताएका साह यस अघि ललितपुर नापीमै थिए । त्यहाँ रहँदा सार्वजनिक जग्गा व्यक्तिको नाममा पार्ने काममा सक्रिय भएको उजुरी मन्त्रालयदेखि अख्तियारसम्म पुगेपछि उनी सरुवामा परे ।  मन्त्रालयले ८० साल असोज ९ गते उनको सरुवा गरेर धनुषा पठायो भने सो ठाउँमा भूमि प्रशिक्षण केन्द्रका प्रमुख नापी अधिकृत रमेशकुमार ज्ञवालीलाई पठाएको थियो तर मन्त्रालयले खटाएको ठाउँमा गएनन,बरु सरुवाविरुद्ध अदालत पुगे ।अदालतबाट अन्तरिम आदेश नपाएपछि उनी सरुवा भएर जनकपुर पुगेका थिए ।

बिज्ञापन

नकपुर पुगेको बर्ष दिन नहुँदै उनी त्यहाँबाट सरुवा भएर ललितपुर नभए भक्तपुर नापी कार्यालयमा जाने गरी चलखेल तिव्र पारेको भूमि व्यवस्था मन्त्रालय स्रोतले जनाएको छ । साह जागिरे जीवनका १९ बर्ष नापी र मालपोतमा घुमेर रजाई गरिरहेका प्रशासक हुन । कर्मचारी संकेत नम्बर १८३७१५ नम्बर रहेका उमेश ८ नम्बर नापी गोश्वारा कार्यालय कास्कीबाट सेवा प्रवेश गरेको देखिन्छ । निजामती किताबखानाबाट प्राप्त अभिलेख अनुसार ६२ साल साउन २३ गतेबाट सरकारी सेवामा पाइला राखेको देखिन्छ । यस पछिका १९ बर्ष उनी नापी र मालपोत कार्यालय छाडेर बाहिर जानु परेको छैन ।

उनी ७१ सालमा उपसचिव हुन । उपसचिवमा उक्लिएको केही समय  भूमि सुधार तथा व्यवस्था मन्त्रालय,नापी विभाग काठमाडौंमा काम गरेको अभिलेख भेटिन्छ । उमेशले प्रमुख नापी अधिकृतको रुपमा ७१ सालदेखि ७५ सालसम्म काम गरेको विवरण निजामती किताबखानाको अभिलेखमा भेटिन्छ । अधिकृत हुँदा ८ नम्बर नापी गोश्वारा कास्कीमा अमिन,सर्भेक्षक हुँदै ६३ देखि ६९ सालसम्म नापी कार्यालय नै चाहारिरहेका उनी ललितपुर नापी प्रमुख हुँदा  सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोथियो । यस्तै,  नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक (अद्यावधिक) गरेका थिए ।

बिज्ञापन

साविक भैंसेपाटी ६ क को कित्ता नम्बर ४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं ४ कित्ता नम्बर १३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुख साहले आर्थिक लाभ लिई व्यक्तिको नाममा हाल साविक गरी सरकारी जग्गा हिनामिना गरेको आरोपसहित अख्तियारमा उजुरी परेको छ । यो बिषय विचराधिन छ । यस्तै, ललितपुरको नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कित्ता नम्बर ३४७८ को सरकारी जग्गा घुस असुलेर ब्यक्तिको नाममा हालसाविक (अद्यावधिक) गरेको आरोप उनीमाथि छ ।

अहिले उनै साह ललितपुर मालपोतमै जसरी भए पनि फर्किनका लागि बल गरिरहेका छन् । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल घर जानु अघि उनै विवादित प्रमुख नापी अधिकृत उमेशकुमार साहलाई ललितपुर नापी कार्यालयमा काज सरुवा दिने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

यो बिषयमा सचिव पोखरेलसँग बुझ्न खोज्दा उनी  मोवाइल नै स्वीचड् अफ गरेर बसेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गाउँपालिकामा निमित्तको राज निमिट्यान्न पार्दै सरकार,४१ नगरपालिकामा अझैं छैनन् प्रमुख प्रशासकीय

सामान्यमा ‘रैथाने’ कर्मचारीको रजगज,नयाँ सरकारले चलाउने देखाएन हिम्मत

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

बिशेष