कुलिङ पिरियडको पक्षमा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई विभिन्न निकायमा नियुक्ति गर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् ।

बिज्ञापन

कोइरालाले दुई बर्ष कुलिङ पिरियड राख्दा पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्ने बताएका छन् । संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा काम गर्न पनि नपाइने व्यवस्था छ ।

बिज्ञापन

विधेयकमाथि संसदीय समितिमा छलफल हुँदा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कुलिङ पिरियडको पक्ष र विपक्षमा बहस भएको थियो । उच्चपदस्थ कर्मचारीहरु कुलिङ परियड राख्न नहुने पक्षमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने,प्रदेशले खटाउने

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाउने प्रस्ताव, संघीय निजामती विधेयकको मस्यौदा तयार

राष्ट्रिय किताबखाना र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबीच सेवा अन्तरआवद्धता विस्तार

बिशेष