प्रदेश लोकसेवाले अधिकृत सातौँ तहका लागि खुलायो विज्ञापन,पहिलो पटक थारुलाई आरक्षण

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले पहिलो पटक थारु कोटा छुट्टाएर विज्ञापन खोलेको छ । आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खोल्दा थारु कोटा आरक्षण छुटाएको हो ।

बिज्ञापन

गत मंसिरमा प्रदेश निजामती ऐन आएसँगै चार महिना पछि आयोगले पहिलो पटक आरक्षण कोटा छुट्याएर विज्ञापन खोलेको हो । चार महिना अघि जारी भएको ऐनमा थारु,राना थारुका लागि १३ प्रतिशत आरक्षण छ । यसैगरी महिलाका लागि ३३, दलितका लागि १४, आर्थिक रुपले विपन्न खस आर्यका लागि ११ प्रतिशत छुट्याइएको छ । यसैगरी आदिवासी जनजातीका लागि १०, पिछडिएको क्षेत्रका लागि १० र अपांगका लागि ४ प्रतिशत आरक्षण छ ।

बिज्ञापन

सोही व्यवस्था अनुसार आयोगले आरक्षण कोटा छुट्टाएर विज्ञापन खोलेको हो । आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खोलेको छ । आयोगले लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ ।

बिज्ञापन

यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसका लागि थारुरराना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ । यसैगरी प्राविधिकतर्फ ८ जनाका लागि विज्ञापन खुलेको छ ।

आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ । आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

बिशेष