महानगरपालिकाका कर्मचारीको मोवाइलमा बज्न थाल्यो तलबको घण्टी,१ अर्ब १३ करोड निकासा

काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीहरुले रोकिएको ३ महिनादेखि ५ महिनासम्मको तलब पाएका हुन ।

बिज्ञापन

मेयर वालेन साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो । सोही कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाई बिदामा थिए । प्रमुख प्रशासकीय अधिकृत अस्ति जर्वजस्त महानगरपालिकामा हाजिर गरेसँगै झण्डै ४ हजार कर्मचारीहरुले तलब पाएका हुन । तलबिहिनको अवस्थामा रहेका कर्मचारीहरुले गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबर जस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रबार खर्च निकासा गरेका थिए ।

बिज्ञापन

महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ। गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो। यसको निर्णय प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै हुन्छ। रकम सार्ने प्रक्रियाको फाइलमा वित्त विभाग र प्रमुख प्रशासकीय अधिकृतले सही गरेर प्रक्रिया अघि बढाएका थिए गत शुक्रावर ।

शनिवार र आइतबार सार्वजनिक बिदा भएका कारण रोकिएको तलब आज सबै जनप्रतिनिधि र कर्मचारीको खातामा पठाइएको महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन

महानगरपालिकाका कतिपय शिक्षकहरूले ५ महिनादेखिको तलब पाएका थिएनन् भने महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीका तीन महिना देखि तलब पाएका थिएनन् । महानगरपालिकाले तलबका लागि १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष