तीन साता अघि रंगेहात पक्राउ परेका खरिदार र लेखापालविरुद्ध अख्तियारले चलायो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान एक खरिदार र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र त्यहाँका लेखापढी व्यवसायीलाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको हो ।

बिज्ञापन

जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोसहित तीन जनाको अनुसन्धान सकेर शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपूर्जा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस तथा रिसवत माग गरी लिएको पुष्टि भएकाले दीपेन्द्र नारायण चौधरी, मुन्नु कुमार दास र जिवछ महतोविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

अख्तियारको बर्दिबासको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित गत फागुन २६ गते रंगेहात पक्राउ गरेको थियो ।

आयोगले ३५ हजार बिगो जरिवाना र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय समेत मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष