तीन साता अघि रंगेहात पक्राउ परेका खरिदार र लेखापालविरुद्ध अख्तियारले चलायो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान एक खरिदार र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र त्यहाँका लेखापढी व्यवसायीलाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको हो ।

बिज्ञापन

जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोसहित तीन जनाको अनुसन्धान सकेर शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपूर्जा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस तथा रिसवत माग गरी लिएको पुष्टि भएकाले दीपेन्द्र नारायण चौधरी, मुन्नु कुमार दास र जिवछ महतोविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

अख्तियारको बर्दिबासको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित गत फागुन २६ गते रंगेहात पक्राउ गरेको थियो ।

आयोगले ३५ हजार बिगो जरिवाना र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय समेत मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष