दार्चुलाका सीडीओ जोशीलाई तानेर पौडेललाई पठाइयो

गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीलाई मन्त्रालय तानिएको छ । जोशीलाई गत बर्ष चैत्र मा सो जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको थियो । गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिव गोकर्णमणि दवाडीस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको छ ।

बिज्ञापन

जोशीको स्थानमा काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अनिल पौडेललाई पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।
गृहले तयार पारेको मापदण्ड अनुसार दार्चुलामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटन पटन गरिँदै आएको छ तर मन्त्रालयमा बन्धुप्रसाद बास्तोला,प्रेमप्रसाद भट्टराई लगायतका सहसचिवहरु तीन महिनादेखि गृहको बरण्डामा छन् ।

बिज्ञापन

गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अहिले एक दर्जन जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष