कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा,लिखत कीर्तेमा मुछिए यी कर्मचारी

काठमाडौैंको मुटु वालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणलाई बिर्साउने गरी भूमाफियाहरुले ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको एउटा खोलाको किनारै आफ्नो नाममा ल्याएर वेचविखन गरेको भेटिएको छ । नेपालको एउटा मात्र यस्तो खोला हो कर्मनशा,जो उत्तर तर्फ बग्छ । सोही खोलाको किनारै आफ्नो नाममा ल्याएर वेचविखन गर्ने भूमाफियाहरु हालै प्रहरी अनुसन्धानमा तानिएका छन् ।
इमाडोलस्थित कर्मनाशा खोलासँग जोडिएको जग्गाको कित्ताकाट गर्दा खोलाको जग्गा मिच्ने,लिखत कीर्ते गर्ने लगायतका प्रकरणमा जोडिएका केही भूमाफियाहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । यसरी भूमाफियाहरु पक्राउ परेसँगै यो कार्यमा सघाउने मालपोत र नापीका कर्मचारीहरुको खोजी शुरु भएको छ ।

बिज्ञापन

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ साविक इमाडोल ६ (घ)को फिल्डबुकमा खोला जनिएको कित्ता नम्बर ४७५ को कर्मनशा खोला बगर तथा नदी उकास सार्वजनिक जग्गा समेत छुट दर्ता गरी परिवर्तित किता नम्बर २४३५ बनाइ विक्री वितरण गरिएको भेटिएपछि सार्वजनिक सरकारी जग्गा बचाउ अभियानले दिएको उजुरीका आधारमा भूमाफियाहरु पक्राउ परेका हुन ।

बिज्ञापन

भूमाफियाहरुको एउटा समूहले ५ आना जग्गालाई लिखत कीर्ते गरी अगाडि १ थपेर १ रोपनी १५ आना बनाएर वेचविखन गरेको भेटिएको हो । यो प्रकरणमा तत्कालीन नापी प्रमुख भरत सिंह ऐर,सर्भेक्षकद्धय केशव थापा र विनोद कुमार चौधरी (हाल लहान कार्यालय)मा कार्यरत मालपोतका कर्मचारीहरुको मिलेमतोमा रहेको बताइएको छ । यो प्रकरणमा जोडिएका मध्ये तत्कालीन कार्यलय प्रमुख ऐर र सर्भेक्षक थापा भने फरार रहेको प्रहरीले जनाएको छ । यस्तै भूमाफियाहरुसँग मिलेमतोमा ललिलपुर मालपोतका चार कर्मचारीहरु जोडिएका छन् । उनीहरुको संग्लनता पृष्टि गर्नका लागि अहिले लतिलपुर प्रहरीले अहिले विधि विज्ञान प्रयोगशालाको साहारा लिइरहेको छ ।

प्रसङ्ग हो ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ साविक इमाडोल ६ (घ)को । कित्ता नम्बर ४७५ को कर्मनशा खोला बगर तथा नदी उकास सार्वजनिक जग्गा समेत छुट दर्ता गरी परिवर्तित किता नम्बर २४३५ बनाइ विक्री वितरण गरिएको भेटिएको छ । कर्मनाशा खोलाले धार परिवर्तन गरेपछिको बगर उनीहरूले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर भूमाफियाहरुले आफ्नो नाममा ल्याएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरुले जनाएका छन् । सो जग्गा सुरुमा ठेचो घर भएकी सुजिता खड्काको नाममा आएको कागजात खोतल्दा देखिन्छ । जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गालाई भुमाफियाहरुले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाएको कागजातमा भेटिन्छ । नियम अनुसार खोलाको जग्गालाई वढ कायम गर्न मिल्दैन । २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरी विक्री वितरण गरेको भेटिएको हो ।

बिज्ञापन

५ आना जग्गाबाट १ रोपनी पाँच आनामध्ये उत्तरतर्फ १ रोपनी १२ आना २ पैसा जग्गा राधेश्याम श्रेष्ठलाई वेचबिखन गरेको भेटिएको छ । यसरी सरकारी जग्गालाई व्यक्तिको नाममा बनाउने सुजिताको नाममा ललितपुर नगरपालिकाभित्रमा १४ स्थानमा जग्गा जमिन जोडेको भेटिएको छ । ललितपुर प्रहरीले यो प्रकरणमा जोडिएका भूमाफियाहरु सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जनलाई पक्राउ गरेको छ भने नारायण डंगोल अमेरिकामा रहेका कारण उनलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष