डा संगीताले पाइनन् अन्तरिम आदेश

सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता कौशल मिश्राले हालेको रिटमा अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ।

बिज्ञापन

न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले डा मिश्राको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिँदै अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश समेत जारी गरेको छ।

बिज्ञापन

यो फैसलापछि अर्का अतिरिक्त सचिव डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय यथावत रहने भएको छ ।

डा मिश्राले सचिवमा आफू नियुक्त नभएपछि चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्। गत २१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिवडा विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । सचिव बढुवाका लाइनमा थिए डा मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा‍ मिश्रा सर्वाेच्च पुगेकी थिइन । उनको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो । दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

बिज्ञापन

चैत ८ गते भएको अर्को सुनुवाईमा सर्वोच्चले सरकारसँग स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल मगाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष