डा संगीताले पाइनन् अन्तरिम आदेश

सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता कौशल मिश्राले हालेको रिटमा अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ।

बिज्ञापन

न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले डा मिश्राको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिँदै अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश समेत जारी गरेको छ।

बिज्ञापन

यो फैसलापछि अर्का अतिरिक्त सचिव डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय यथावत रहने भएको छ ।

डा मिश्राले सचिवमा आफू नियुक्त नभएपछि चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्। गत २१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिवडा विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । सचिव बढुवाका लाइनमा थिए डा मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा‍ मिश्रा सर्वाेच्च पुगेकी थिइन । उनको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो । दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

बिज्ञापन

चैत ८ गते भएको अर्को सुनुवाईमा सर्वोच्चले सरकारसँग स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल मगाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष