‘नीजि- सरकारी सम्पत्तिमा क्षति पुर्याउने आन्दोलनकारीलाई कानुनी कारवाहीको दायरामा ल्याउँछौं’ – प्रजिअ तिवारी

काठमाडौंका सीडीओ ऋषिराम तिवारीले निजी र सरकारी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् ।

बिज्ञापन

राजावादीहरुको प्रदर्शनका क्रममा तिनकुनेस्थित नीजि घरमा ढुंगामूढा र आगजनी भएको छ । तीनकुने क्षेत्रमा प्रदर्शनकारीले ग्लोबल आईएमई बैंक सञ्चालनमा रहेको प्रभु कम्प्लेक्सको भवनमा तोडफोड गरेका थिए । त्यहाँ आगजनी समेत गरेका छन् ।
यस्का अलवा प्रदर्शनीकारीहरुले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले बाहिरबाट ढुंगामुढा गर्दा अन्नपूर्ण पोस्टकका कर्मचारीहरू भने भवनको नवौँ तलामा रहेका छन् । यस्तै पेन्टागन कलेजनजिकै रहेको मार्बल हाउसको भवनमा समेत प्रदर्शनकारीहरुको तोडफोडका कारण क्षती पुगेको हो ।यस्तै आन्दोलनकारीहरुले नागरिक उड्डययन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा तोडफोड गरेका छन्।

बिज्ञापन


यस्तै राजावादी समर्थक प्रदर्शनकारीहरुले तीनकुनेमा एक सरकारी गाडीमा समेत आगो लगाएका छन् । पछि स्थानीयहरुले प्रतिकार गरेर सरकारी गाडीमा लागेको आगो निभाएका छन् ।

यसरी आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा क्षती पुर्याउने प्रदर्शनकारी र आयोजकहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋृषिराम तिवारीले जनाएका छन् ।

बिज्ञापन

 तिवारीले तोडफोड,आगजनी र हिंसात्मक घटना गराउने व्यक्तिमात्र नभएर आयोजक र तीनका नेताहरुलाई पनि कारवाहीको दायरमा ल्याइने बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष