उपसमितिले देखेन नासुको आँशु,आन्दोलनका कार्यक्रम घोषणा गर्दै राजपत्र अनंकित संरक्षण अभियान

 

बिज्ञापन

प्रस्तावित सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा आफ्ना माग नसमेटेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट गठित उपसमितिले बुझाएको प्रतिवेदनमा वृत्ति विकास, सेवाको सुरक्षा र पेशागत हितका विषय नपरेपछि आन्दोलनको तयारीमा जुटेको बुझिएको छ।

बिज्ञापन

निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित कर्मचारीहरुको माग सम्बोधन नभएपछि तल्ला तहका कर्मचारीहरुले आन्दोलनमा उत्रने तयारी गरिरहेका हुन ।प्रारम्भिक चरणमा आज राज्यव्यवस्था तथा सुशासन समितिका २७ जना सदस्यहरुलाई मोवाइलमा एसएमएसम पठाउने कार्यक्रम रहेको कर्मचारीहरुले जनाएका छन् । निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियान खोलेर स्वस्फूर्त अधिकारका लागि अगाडि बढिरहेका कर्मचारीहरुले आज बिहान ८ बजेदेखि १० बजेसम्म एसएमएम पठाउने कार्यक्रम रहेको जनाइएको छ ।

अभियानले शुक्रबार बेलुकासम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको दफाबार छलफल उपसमितिका ११ जना सदस्यहरूलाई ” धन्यवाद माननीयज्यू, नासुका आँशु देख्नु भएन, अब आन्दोलनको विकल्प रहेन!” भन्ने व्यङ्ग्यात्मक SMS गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सबै २७ जना सदस्यहरूलाई
“माननीयज्यू !
(१) पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह
(२) दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ श्रेणी (जस्तै नायब सुब्बा पदबाट शाखा अधिकृत, सातौं तहमा) बढुवा गरियोस् ! माग पुरा नभए आन्दोलनको विकल्पमा जान बाध्य हुनेछौं !”
भन्ने व्यहोराको SMS पठाउने कार्यक्रम रहेको जनाइएको छ। माग पुरा नभए ज्ञापन पत्र दिने र देशभर प्रदर्शन गर्ने, सामूहिक बिदा लिने तथा काम बन्द गर्ने आन्दोलनमा कार्यक्रम तय गरिने अभियानले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष