साता दिनभित्र तलब नपाए कडा आन्दोलन गर्ने स्थानीय तह कर्मचारी संघको चेतावनी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई एक हप्ताभित्र तलब उपलव्ध गराउने अवस्था बनाइदिन कर्मचारीहरुले अल्टिमेटम दिएका छन् । स्थानीय तह कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै समस्या समाधानको लागि गम्भीर बन्न आग्रह गरेका हुन् । उनीहरुले साता दिनभित्र तलब उपलव्ध नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बिज्ञापन

केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति गर्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरिएको छ ।

बिज्ञापन

महानगरमा विधि र प्रक्रियाबाट नभई व्यक्तिको मौखिक आदेश, निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा समस्या आएको ठहरसहित विज्ञप्तिमा भनिएको छ,पारिश्रमिकविहीनताको कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसहित संघले र उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार महानगरको नेतृत्व हुनुपर्ने चेतावनी दिएको छ ।

पत्रमा भनिएको छ, ‘महानगरको नेतृत्व जिम्मेवार एंव गम्भीर भइ समस्या समाधानको लागि सम्बन्धित निकायसँग समन्वयात्मक तवरले निकास खोज्नुपर्नेमा यस्ता गतिविधिले समस्या हल गर्नतर्फ हैन, दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’

बिज्ञापन

यसअघि पनि मेयर बालेनको ध्यानाकर्षण गराइएको, तर कुनै वास्ता नगरिएको जिकिर गर्दै संघले थप भनेको छ, ‘अब पनि हाम्रो मागलाई बेवास्ता गरी अझ उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउनेतर्फ उद्धत भई आम कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरेमा सबै पेशाकर्मी एकतित्र भइ कडा आन्दोलनमा उत्रिने र उक्त परिस्थितिबाट सिर्जना भएको परिणामको जिम्मेवार नेतृत्व स्वंय हुने व्यहोरासमेत अवगत गराउन चाहन्छौँ ।’

करिब तीन महिनादेखि महानगर प्रमुख प्रशासकीय अधिकृतबिहीन छ । निमित्तले समेत आर्थिक अधिकार नपाएका कारण महानगरका सबै आर्थिक गतिविधि ठप्प हुन पुगेको छ । तीन महिनादेखि नै महानगरका मेयर बालेन, उपमेयर सुनिता डंगोलसहित तीन हजार ६०० कर्मचारीले तलव र सुविधा पाएका छैनन् ।

महानगरका कर्मचारीमध्ये ७०० भन्दा बढी शिक्षक छन् । भोको पेटले विद्यार्थी पढाउन नसकिने भन्दै शिक्षकहरू समेत ध्यानाकर्षण गराइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष