विन्देश्वरको शक्ति : आठ महिना बरण्डाको बसाँइ पछि रोजेकै निकायमा नियुक्ति

गत साउनमा परराष्ट्र मन्त्रालयमा पुगेका सहसचिव विन्देश्वर लेखकले आठ महिना पछि आफैंले खोजेको मुलुकमा महावाणिज्यदूतको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

आठ महिना अगाडि नै उनलाई परराष्ट्र मन्त्रालयमा लगिएको थियो । सो समयमा बेइजिङ खटाइएकोमा त्यहाँ जान अटेरी गर्दै आठ महिनादेखि जिम्मेवारविहिन रहेका विन्देश्वरप्रसाद लेखकलाई सरकारले हङकङका लागि महावाणिज्यदूतमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई हङकङको महावाणिज्यदूतको जिम्मेवारी दिएको हो । करिब ८ महिना अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट परराष्ट्र मन्त्रालय पुगेका लेखक हङकङको महावाणिज्यदूत नियुक्त भएका हुन्।

बिज्ञापन

०८१ साउनको अन्तिम साता सरकारले प्रशासन सेवाका चार जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा पठाइएको थियो । त्यसरी परराष्ट्र पुग्नेहरु थिए सहसचिवहरू भरत खनाल, लक्ष्मीप्रसाद निरौला, झक्कप्रसाद आचार्य र विन्देश्वरप्रसाद लेखक ।

जसमध्ये उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला,गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य, भरत खनाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक परराष्ट्रमा पुगेका हुन ।

बिज्ञापन

प्रचण्ड नेतृत्वको सरकारले यस अघि महावाणिज्यदूत बनाउने तयारीसहित नवराज ढुंगाना,नारायणप्रसाद भट्टहरुलाई परराष्ट्रमा लगेको थियो तर बीचमा सरकार परिवर्तन भएसँगै उनीहरुलाई यतै राखेर उत्तरी छिमेकी मुलुक चीनको ग्वान्जाओ, ल्हासा र बेइजिङस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर बनाइएको हो । जस अनुसारसहसचिव खनाल ग्वान्जाओ, निरौला ल्हासा र आचार्य कलकत्ताको महावाणिज्यदूत भएर खटिएको पनि झण्डै ८ महिना बित्न लाग्यो । तर, सहसचिव लेखक भने अहिलेसम्म खटाएको मुलुक गएनन्,उनी हङकङ ताक्दै आएका थिए । गृहमन्त्री रमेश लेखकको आफन्त रहेको उनलाई बेइजिङको इकोनोमिक काउन्सिलर बनाउन सिफारिस गरिएको थियो तर बेइजिङ गएनन् बरु हङकङको महावाणिज्यदूत रहेका आदिवासी/जनजाति पृष्ठभूमिका सहसचिव उदयबहादुर राना फर्किए पछि सो ठाउँमा उनलाई खटाइएको हो । राना परराष्ट्रबाट गत फागुन १२ मा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटिसकेको छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।