निजामतीमा ट्रेड युनियन अधिकार नासुसम्म सीमित गर्ने तयारी

निजामती क्षेत्रमा रहेका विभिन्न ट्रेड युनियनलाई यथावत् राख्ने, व्यवस्थापन गर्ने कि खारेज गर्ने भन्नेमा विभिन्नखाले बहस र टिप्पणी भइरहँदा यो अधिकारलाई खुम्च्याउने कोणबाट बहस अगाडि बढेको छ ।

बिज्ञापन

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन उप समितिमा छलफलको क्रममा कतिपय सांसदहरुले कर्मचारीका ट्रेड युनियन अधिकार खुम्च्याउने बिषयमा छलफल अगाडि बढाएका हुन ।

बिज्ञापन

राज्य व्यवस्था समिति अन्र्तगतको उपसमितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रेड युनियनको अधिकार सुव्वा तहमा खुम्च्याउने गरी छलफल अगाडि बढेको समितिका सदस्यहरुले बताएका छन् । निजामती सेवामा ट्रेड युनियनको अधिकार नायव सुब्बा (नासु) तहसम्ममा मात्रै दिइने गरी छलफल अगाडि बढेको छ ।

हाल अधिकृतस्तरसम्मका कर्मचारीले ट्रेड युनियनमा बस्न पाउने व्यवस्था छ । त्यसलाई झारेर नायब सुब्बासम्म मात्र ट्रेड युनियनमा बस्न पाउने कानुन ल्याउनेबारे छलफल चलिरहेको भए पनि उप समिति निष्कर्षमा भने पुगिसकेको छैन ।

बिज्ञापन

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने सरकारी सेवामा एकल ट्रेड युनियन रहेकाले यहाँ पनि एउटामात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने टिप्पणी र चर्चा परिचर्चा भए पनि दलैपिच्छे ट्रेड युनियन राख्ने वा नराख्ने भन्ने बिषयमा पनि अझैं अन्योल छ । दलगत ट्रेड युनियनको अधिकार नासुमा सीमित पारिए अधिकृतस्तरका कर्मचारीहरुले ट्रेड युनियन अधिकार गुमाउँछन् भने नासु र खरिदार तहका कर्मचारीहरुले संगठन हाँक्ने अवसर पाउनेछन् ।

अहिलेको ट्रेड युनियनहरू सुशासन, र नागरिकलाई सेवा प्रवाह दिनभन्दा पनि स्वार्थ र कर्मचारी सरुवामा मात्रै केन्द्रित हुँदै आएकाले ट्रेड युनियन बदनामी कमाउँदै आएको छ ।

महिना दिनको म्याण्डेट दिएर संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले सत्तारुढ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय उपसमिति गठन गरेको थियो,गत महिना ९ गते । सोही उपसमितिले विवादित बिषयहरु टुंग्याएर आजै प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

बिशेष