निजामतीमा ट्रेड युनियन अधिकार नासुसम्म सीमित गर्ने तयारी

निजामती क्षेत्रमा रहेका विभिन्न ट्रेड युनियनलाई यथावत् राख्ने, व्यवस्थापन गर्ने कि खारेज गर्ने भन्नेमा विभिन्नखाले बहस र टिप्पणी भइरहँदा यो अधिकारलाई खुम्च्याउने कोणबाट बहस अगाडि बढेको छ ।

बिज्ञापन

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन उप समितिमा छलफलको क्रममा कतिपय सांसदहरुले कर्मचारीका ट्रेड युनियन अधिकार खुम्च्याउने बिषयमा छलफल अगाडि बढाएका हुन ।

बिज्ञापन

राज्य व्यवस्था समिति अन्र्तगतको उपसमितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रेड युनियनको अधिकार सुव्वा तहमा खुम्च्याउने गरी छलफल अगाडि बढेको समितिका सदस्यहरुले बताएका छन् । निजामती सेवामा ट्रेड युनियनको अधिकार नायव सुब्बा (नासु) तहसम्ममा मात्रै दिइने गरी छलफल अगाडि बढेको छ ।

हाल अधिकृतस्तरसम्मका कर्मचारीले ट्रेड युनियनमा बस्न पाउने व्यवस्था छ । त्यसलाई झारेर नायब सुब्बासम्म मात्र ट्रेड युनियनमा बस्न पाउने कानुन ल्याउनेबारे छलफल चलिरहेको भए पनि उप समिति निष्कर्षमा भने पुगिसकेको छैन ।

बिज्ञापन

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने सरकारी सेवामा एकल ट्रेड युनियन रहेकाले यहाँ पनि एउटामात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने टिप्पणी र चर्चा परिचर्चा भए पनि दलैपिच्छे ट्रेड युनियन राख्ने वा नराख्ने भन्ने बिषयमा पनि अझैं अन्योल छ । दलगत ट्रेड युनियनको अधिकार नासुमा सीमित पारिए अधिकृतस्तरका कर्मचारीहरुले ट्रेड युनियन अधिकार गुमाउँछन् भने नासु र खरिदार तहका कर्मचारीहरुले संगठन हाँक्ने अवसर पाउनेछन् ।

अहिलेको ट्रेड युनियनहरू सुशासन, र नागरिकलाई सेवा प्रवाह दिनभन्दा पनि स्वार्थ र कर्मचारी सरुवामा मात्रै केन्द्रित हुँदै आएकाले ट्रेड युनियन बदनामी कमाउँदै आएको छ ।

महिना दिनको म्याण्डेट दिएर संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले सत्तारुढ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय उपसमिति गठन गरेको थियो,गत महिना ९ गते । सोही उपसमितिले विवादित बिषयहरु टुंग्याएर आजै प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष