अब प्रदेश सचिव र स्थानीय तहको प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको राख्ने सहमति जुटेको छ । संघीय निजामती सेवा विधेयकमा सहमती जुटाउन राज्यव्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको राख्ने गरी सहमति जुटाएको हो ।

बिज्ञापन

सरकारले प्रदेशको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सेवा अन्तर्गत राखेर खटन पटन गरिरहेको छ । स्थानीय तह र प्रदेशहरुले यी पदमा आफ्नै कर्मचारी राख्न पाउनुपर्ने माग गरे पनि त्यस अनुसार कानुनी व्यवस्था नहुँदा हालसम्म संघीय सरकारले कर्मचारी खटन पटन गर्दै आएको छ । स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत खटाउने गरेको छ । यस्तै प्रदेशको प्रमुख सचिवदेखि सचिव तहसम्मको कर्मचारीको खटन पटन समेत संघीय सरकारले गर्दै आइरहेको छ ।

बिज्ञापन

तर संघीय निजामती सेवा विद्येयकमा सहमति जुटाउन गठित उपसमितिले प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको रहने गरी सहमति जुटाएको हो । संघीय सरकारका उच्च अधिकारी,केही सांसदका अलवा सचिवहरुले समेत प्रदेश र स्थानीय तहमा विकृति मौलाएको भन्दै क्रस चेकका लागि भन्दै संघीय सरकारका नीति कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहको प्रशासकीय नेतत्वमा संघीय तहबाटै कर्मचारी पठाउनुपर्ने तर्क गर्दै आएका छन् । तर, नेपालको संविधान २०७२ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने उल्लेख गरिएको छ ।

एक महिना दिनको म्याण्डेट दिएर संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले सत्तारुढ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय उपसमिति गठन गरेको थियो,गत महिना ९ गते ।सोही उपसमितिले प्रदेशका सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको खटन पटन प्रदेश निजामती सेवाकै हुने गरी सहमति जुटाएका हुन ।

बिज्ञापन

संविधानको धारा २२७ ले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सेवा अन्तर्गत राख्न नदिने मत बलियो गरी प्रस्तुत भएपछि प्रदेश निजामती सेवा अन्तर्गत राख्ने विषयमा सहमति जुटेको हो । संविधानको धारा २२७ मा गाउँ सभा र नगरसभा सम्बन्धी व्यवस्था छ । प्रदेश कानुन बमोजिम हुने भनेर संविधानमै लेखिएकाले कि संविधान संशोधन गर्नुपर्‍यो कि प्रदेश निजामती सेवा अन्तर्गत राख्नुपर्‍यो भन्ने तर्क उपसमितिमा प्रस्तुत भएका थिए ।

तत्काल संविधान संशोधन हुने सम्भावना नरहेकाले संघीय सेवाबाट पठाउन सकिने तर दीर्घकालीन रुपमा प्रदेश निजामती सेवा अन्तर्गत नै हुने गरी सहमति जुटाइएको हो । यस्तै प्रदेश मन्त्रालयको सचिव पनि प्रदेश निजामती सेवाको हुने भएको छ । तर, प्रदेशले नै सचिव तयार नगर्दासम्म संघीय सेवाबाट पठाउन सकिने प्रावधान राखिने भएको छ ।

उपसमितिले भोलिसम्ममा प्रतिवेदन तयार पारेर बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य र भूमिको सरुवा : विचौलियाले बोकेकालाई जतिखेरै,निरिह कर्मचारीलाई मापदण्ड

भारत–पाकिस्तान युद्धको सन्दर्भमा भूराजनीतिक बिन्दुमा नेपाल

विभिन्न माग राखी कर्मचारीले बुझाए हस्ताक्षर

राज्य ब्यवस्था समिति बैठकमा निजामति बिधेयकलाई अन्तिम रूप दिइदैँ

सात महिना नबित्दै स्थानीय सेवा ऐन संशोधन,प्रदेशसभामा पेश गरिँदै

निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

बिशेष