मन्त्रिपरिषद्का ११ निर्णय : क-कस्ले,कहाँ- कहाँ पाए नियुक्ति ?

पछिल्लो मन्त्रिपरिषद् बैठकका विभिन्न ११ वटा निर्णय सार्वजनिक भएको छ । जसमा सार्वजसिनक बिदा दिने निर्णयका अलवा नियुक्ति,भ्रमण स्वीकृति दिने लगायतका निर्णयहरु सार्वजनिक भएका छन् ।

बिज्ञापन

जसमध्ये नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षका दीपक थापालाई नियुक्त गरिएको छ भने ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौलाई नियुक्ति पाएका छन् । यस्तै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त भएका छन् ।
यस्का अलवा नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय क्याविनेटले गरेको छ । यस्का अलवा जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालकमा यदुनाथ पौडेललाई नियुक्त भएका छन् भने पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

क्याविनेटले ०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दशौं संस्करणमा माननीय परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति दिएको छ । यस्का अलवा चैत्र २४ गते रामनवमी पर्व परेका कारण सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

बिज्ञापन

नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा वि स वडा नं ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा वि स बड़ा नं ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत क्याविनेटले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष