पप्पु कन्स्ट्रक्सनले तिरेन राज्यलाई ५३ करोड,महालेखाले निकाल्यो ३५ दिने सूचना

पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ।

बिज्ञापन

महालेखा नियन्त्रक कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।

बिज्ञापन

पप्पु कन्स्ट्रक्सन त्यही कम्पनी हो जसविरुद्ध भ्रष्टचार मुद्धा चलेर विशेष अदालतबाट दोषी ठहर भएको थियो । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको मुद्धामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो । उनीहरुलाई तीन करोड ६२ लाख २९ हजार रुपैयाँ विगो र जरिवाना सजाय सुनाएको थियो ।

२०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए पनि उनी यही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए । पछि उनी एमाले पार्टीमा प्रवेश गरेका थिए,८० मंसिरमा ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

बिशेष