पप्पु कन्स्ट्रक्सनले तिरेन राज्यलाई ५३ करोड,महालेखाले निकाल्यो ३५ दिने सूचना

पप्पु कन्स्ट्रक्सनले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ।

बिज्ञापन

महालेखा नियन्त्रक कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।

बिज्ञापन

पप्पु कन्स्ट्रक्सन त्यही कम्पनी हो जसविरुद्ध भ्रष्टचार मुद्धा चलेर विशेष अदालतबाट दोषी ठहर भएको थियो । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको मुद्धामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो । उनीहरुलाई तीन करोड ६२ लाख २९ हजार रुपैयाँ विगो र जरिवाना सजाय सुनाएको थियो ।

२०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए पनि उनी यही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए । पछि उनी एमाले पार्टीमा प्रवेश गरेका थिए,८० मंसिरमा ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष