स्वास्थ्यमा नियुक्तिको काम धमाधम

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सचिव,महानिर्देशकदेखि विभिन्न अस्पतालका निर्देशक मेसु सम्मको नियुक्ति गरेका छन् ।
गत १२ फागुनमा रोशन पोखरेल घर फर्किएसँगै स्वास्थ्य मन्त्रालयले नयाँ सचिव पाएको छ । बढूवा सिफारिस समितिले तेस्रो नम्बरमा रहेका डा विकास देवकोटालाई सचिवमा नियुक्त गरेसँगै डा संगीता कौशल मिश्र असन्तृष्ट छिन । उनी मन्त्रालयमा समेत उपस्थित हुन छाडेकी छिन् ।

बिज्ञापन

उता स्वास्थ्य सेवा विभागको महानिर्देशकमा सचिव बढुवा सिफारिसमा परेका डा टंक बाराकोटीले नियुक्ति पाएका छन् । झापा स्थायी ठेगना भएका बाराकोटीले हिजैमात्र नियुक्ति पत्र बुझेका छन् ।

बिज्ञापन

यस्तै गत मंगलबारमात्र वीर अस्पतालको निर्देशकमा डा दिलिप शर्मा नियुक्त भइसकेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सका रुपमा कार्यरत थिए । मन्त्रालयले तयार पारेको ओएण्डएम सर्भे अनुसार त्यहाँ १२ औं तहको दरबन्दी रहेको छ तर शर्मा १० औं तहका चिकित्सक हुन ।

मन्त्रालयमा १२ औं (अतिरिक्त) सचिवलाई व्यवस्थापन गर्न सकिने स्वास्थ्य सेवा विभाग र वीर अस्पताल हो । यी दुबै निकायमा खटन पटन भइसकेको छ । अब संगीतालाई मन्त्रालयमै जागिर खानुको अर्काे विकल्प छैन ।

बिज्ञापन

उता, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा रघुराज काफ्लेले नियुक्ति पाएका छन् । यस्तै,स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा डा सरोजा कार्की पाण्डे नियुक्त गरेका छन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा पाण्डेले यही अस्पतालमा १५ वर्षसम्म वरिष्ठ कन्सल्ट्यान्टका रुपमा सेवा गरेकी थिइन् । धनुषाकी डा पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी हुन् । उनी भरतपुर अस्पतालकी रजिष्ट्रार समेत रहेकी थिइन् ।
यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा श्रीराम तिवारी नियुक्त भएका छन् । तिवारी सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट थिए । यस्तै क्षयरोग केन्द्रको निर्देशक रहेका डा‍ प्रज्वल श्रेष्ठको भने वीर अस्पतालमै फिर्ता हुँदा गजेन्द्रनारायण सिंह अस्पतालको मेसुको जिम्मेवारी डा प्रकाशप्रसाद साहलाई दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।