मालपोतका शक्तिशाली सुव्वा : पैसा बुझाउँदै, सरुवा उल्टाउँदै

दरबन्दी एकातिर राखेर सुगममा काम गर्ने कर्मचारीहरु वग्रेल्ती भेटिन्छन्,निजामतीभित्र । उपसचिव,अधिकृत तहकामात्र होइन यस्ता शक्तिशाली एक जना सुव्वा छन्,मालपोततिर । जस्को पाँच बर्षदेखि ललितपुरको गोटीखेलमा दरबन्दी रहँदै आएको थियो । तर,उनी गोटीखेलमा नभइ ललितपुर मालपोतमा बसेर काम गरिरहेका छन् ।जबकी निजामती सेवा ऐनले तीन महिनाभन्दा बढी समय काजमा काम गर्न दिँदैन ।तर हाकिमदेखि मन्त्रालयका उच्च अधिकारीहरु समेत दायाँ भए पछि यस्ता ऐन नियम कागजमै मात्र सीमित बन्न पुग्दछ ।

बिज्ञापन

पछिल्लो समय उक्त कार्यालयको प्रमुख जीवनराज सेढाई जिम्मेवारीमा हुँदा उनको दरबन्दी सारियो । उनै सेढाईकै जोडबलमा ती सुव्वालाई उपत्यकाको कार्यालयबाट उपत्यकाभित्रैको अर्काे कार्यालयमा सरुवा गरियो । उक्त सरुवा प्रक्रिया नमिलेको,रकमको कारोवारका आधारमा सरुवा भएको भन्दै पछि भूमि व्यवस्था मन्त्रालयद्धारा गठित समितिले उल्टाउन निर्देशन दिएसँगै उक्त सरुवा उल्टाइयो र ती सुव्वालाई पूरानै ठाउँ गोटीखेलमा खटाइयो यद्यपि उनले सो कार्यालय आजको मितिसम्म छाड्नु परेको छैन ।अन्य कर्मचारीहरुको सरुवा बदर गरी उपत्याका बाहिरको जिल्लामा पठाइएकोमा ललितपुर मालपोतमा बसेर चलखेल गर्न पल्किएका उनी खटाइएको ठाउँमा दुई महिना बित्दा समेत फर्किएका छैनन् ।

बिज्ञापन

मालपोत कार्यालयका यस्ता शक्तिशाली सुव्वा हुन नासु नरेश राम सिह ,जो अहिले मालपोत कार्यालय ललितपुरमा कार्यरत छन् । कर्मचारी संकेत नम्बर १९६३०३ रहेको सिंहलाई तत्कालीन कार्यालय प्रमुख गोटीखेलबाट गत असोज १४ मा ललितपुर मालपोतमा सरुवा गरेर ल्याइएको थियो ।

गत असोज १४ गते भएको उक्त सरुवामा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर सरुवा गरेका थिए । यो सरुवा गर्दा ७ करोडको खेलोमेलो भएको गुनासो तथा उजुरी पछि मन्त्रिस्तरीय निर्णयबाटै कार्तिक २ मा एउटा समिति बनेको थियो । जहाँ प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल रहेका थिए । उक्त सरुवा हुँदा उपत्याकाभित्रैका मालपोत कार्यालयबाट उपत्याका भित्रैका मालपोत कार्यालयमा पठाइएका कर्मचारीलाई उपत्याका बाहिर खटाउन सुझाव दिएको थियो ।

बिज्ञापन

सोही बमोजिम सुव्वा नरेश राम सिहको सरुवा काठमाडौं बाहिरको जिल्लामा भए पनि उनी खटाएको ठाउँमा गएका छैनन् । यी सुव्वालाई मालपोतका कार्यालय प्रमुख जीवनराज सेढाईले काखी च्यापेका छन् ।


गत पुस १६ मा भएको सरुवामा भूमि व्यवस्था तथा अभिलेख विभागले सिंहलाई ललितपुर मालपोतबाट गोटीखेलमै पठाएको भए पनि कार्यालय प्रमुखको संरक्षणमा उनी ललितपुर मालपोतमै बसेर काम गरिरहेको सो कार्यालयका कर्मचारीहरु बताउँछन् ।

सेढाईले उनलाई मुद्धा शाखा (ख)को जिम्मेवारी दिएका छन् । यो शाखाले ललितपुरका एक दर्जन गाविस हेर्दैआएको छ ।उनले सो शाखामा बसेर मासिक रुपमा तीन लाखभन्दा बढी रकम कार्यालय प्रमुखलाई बुझाउँदै आएको कर्मचारीहरुको आरोप छ । सोही कारण उनलाई कार्यालय प्रमुखले काखी च्यापेको बताइन्छ । पछिल्लो समय छुट दर्ताका नाममा सो कार्यालयबाट व्यापक चलखेल भइरहेको स्रोतको दावा छ ।

उसो त पछिल्लो समय कार्यालय प्रमुख सेढाईको कार्यशैली प्रति मन्त्रालयका उच्च अधिकारीहरु समेत रुष्ट हुन पुगेको छ । सेढाइलाई यस अघि गत असोजमा हुन लागेको थियो । तर, सो समयमा मन्त्री र सचिवलाई मनाएर त्यहाँ टिक्न सफल भएका थिए । उनी मन्त्री बलराम अधिकारी र सचिव अर्जुन पोखरेल रहुन्जेल सरुवा हुँदैन भन्दै हिड्छन् ।

उनको बिषयमा अख्तियार,मन्त्रालय,विभागसम्म उजुरीमा काज तोकिएको व्यक्ति काज फिर्ता नगरी आर्थिक लेनदेन गरेको आरोप थियो । उसो त पछिल्लो समय संघीय सचिवालयबाट २० लाखको रगरोङ्गन तथा मर्मत शीर्षकमा बजेट पठाइएकोमा सो काम समेत आफैले गरेको प्रचार गरिरहेका छन् । उक्त काम समेत १२ लाखमा गरी बाँकी ठेकेदारसँग मिलेर गोलमाल गरिएको आरोप समेत उनीमाथि लाग्दै आएको छ ।

यस्तै बदमासीका कारण सेढाईलाई फिर्ता बोलाउने तयारी भइरहेको जनाइएको छ ।

यो बिषयमा प्रतिक्रियाका लागि कार्यालय प्रमुख सेढाईलाई कर्मचारी प्रेसले पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष