भन्सार विद्येयक उपर आज पनि दफादार छलफल

 

बिज्ञापन

संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बिज्ञापन

गत सातादेखि विद्येयकमा दफावार छलफल सुरु भएको हो । अर्थ समितिले भन्सार विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक र धितो पत्रसम्बन्धी विधेयक चैत मसान्तभित्रै सक्दै प्रतिनिधि सभामा पठाउने तयारी गरिरहेको छ।
विद्येयकको दफा १ देखि ३० दफासम्म सहमति भइसकेको छ तर भन्सार विधेयकमा प्रस्तावनामा सहमति जुट्न सकेको छैन । प्रस्तावित विधेयकको प्रस्तावनामा देहायको व्यवस्था राखिएको छ, ‘भन्सार प्रक्रिया व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित बनाउन र महसुल संकलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्न भन्सार सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकाले । यही विद्येयकको प्रस्तावनामा सहमति जुट्न सकेको छैन ।

समिति सभापति सन्तोष चालिसकेका अनुसार,समिति दफा १ देखि ३ सम्म जस्ताको तस्तै पास गरेको छ भने दफा ४ भाषा मिलाउने गरी पारित गरेको छ । त्यस्तै विधेयकको दफा ५ देखि १६ सम्म हु–बहु पास गरेको छ । यस्तै विधेयकमा रहेको पछिल्लो ९ ऐन थप्नेगरी परिच्छेद ३ का दफा १७ देखि २४ सम्म महसुल ऐनमा समेटिएकाले भन्सार विधेयकबाट हटाएको छ । समितिले अन्य दफा २५, २६, २७ र २८ अर्थ मन्त्रालयको सुझावसहित पारित गरेको छ । त्यस्तै दफा २९ र ३० मा पनि सर्वसम्मतिले पारित गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष