एकातिर मन्त्री,सचिवको मनलाग्दी विदेश भ्रमणमा लगाम लगाउने,सरकारी फजुल खर्च कटौती गर्ने निर्देशन र परिपत्र,अर्काेतिर क्याविनेटबाट धमाधम मन्त्री,सचिव र सरकारी कर्मचारीहरुको विदेश भ्रमण स्वीकृत ।
बिज्ञापन
अघिल्लो साता बसेको क्याविनेटले एउटै कार्यक्रममा मन्त्री र सचिवको विदेश भ्रमणमा कडाई गर्ने,राजनीतिक र प्रशासनिक नेतृत्व गरेका दुबै जनालाई एकै पटक विदेश भ्रमणमा नपठाइने गरी विशेष आचारसंहिता पनि बनाइएको बताइएको थियो । मन्त्रीको भ्रमणबारे पनि मन्त्रिपरिषद् बैठकले विशेष आचारसंहिता जारी समेत गरेको थियो ।
बिज्ञापन
जसमा मन्त्रीस्तरीय सम्मेलन हुने भ्रमणमा मत्रै मन्त्री जाने, सामान्य टेबल सम्बादमा नजाने, कुनै सम्मेलनमा मन्त्रीले धारणा राख्नुपर्ने भए मात्रै जाने, नेपाल सरकार पक्ष राष्ट्र भएको हिसावले नेपाल सरकारको प्रवक्ता नेपाल सरकारको प्रतिनिधित्व गर्दै मताधिकार प्रयोग गर्ने र हस्ताक्षर तथा सम्झौता गर्ने अवस्थामा मात्रै मन्त्री जान पाउने निर्णय भएको छ । यस्का अलवा विदेश भ्रमणको प्रतिनिधि मण्डलमा एक तिहाई महिला अनिवार्य हुनुपर्ने र २ जना मात्रै भ्रमणमा जाने अवस्थामा पनि एक जना महिला अनिवार्य हुनुपर्ने निर्णय समेत भएको छ ।
क्याविनेटले यस्ता भ्रमण रोक्न भन्दै दर्जनौं पटक निर्णय गरेको छ । अर्थ लगायतका मन्त्रालयहरुले परिपत्र गरेको भए पनि ती सबै कागजी घोषणामा मात्र सीमित छन् । यस पटक मन्त्रीहरुलाई विदेश भ्रमणमा कडाइ गर्न भन्दै विशेष आचारसंहिता ल्याइए पनि विगतमा झैं कार्यन्वयनमा भने आशंका गरिदैंछ ।
बिज्ञापन
तर,सोही क्याविनेटले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी माल्टा जान स्वीकृति दिइएको छ । मन्त्री भण्डारीले चैत १५ गतेदेखि १७ सम्म त्यहाँ आयोजना हुने १६औँ ‘एनआरएनए युरोपियन रिजिनल कन्फ्रेस’मा सहभागी हुने कार्यक्रम छ । त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही जर्मनी जाने तय भएको छ । उनी चैत १२ र १३ गते बर्लिनमा आयोजना हुने ‘पिटरवर्ग क्लाइमेट डायलग’मा भाग लिन उनी त्यहाँ जाने छन्,क्याविनेटले उक्त भ्रमण स्वीकृति दिएको छ ।
यस्तै पछिल्लो क्याविनेटका निर्णय अनुसार,महालेखापरीक्षक तोयम रायाको स्पेन र थाइल्याण्ड भ्रमण पनि क्याविनेटबाट स्वीकृत भएको छ । यस्तै सोही क्याविनेटले उपमहालेखापरक्षक बैकुण्ठ अधिकारीलाई चैत्र १८ देखि २२ सम्म थाइल्याण्ड भ्रमणका लागि स्वीकृति दिएको छ ।
यस अघि बसेको मन्त्रिपरिषद्को बैठकल समेत ऊर्जामन्त्री दीपक खड्का, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नोवल किशोर साह सुडी, अख्तियारका आयुक्त जयबहादुर चन्द, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छा र विभिन्न तीन मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको थियो ।
त्यही भ्रमण स्वीकृत गराएर महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडीको नेतृत्वको टोली यही फागुन २६ देखि चैत ८ सम्म न्युयोर्कमा हुने राष्ट्र संघीय महिलाको स्थिति सम्बन्धी आयोगको सम्मेलनमा पुगिसकेका छन् भने वन तथा वातावरणमन्त्री शाही फागुन २९ गते बेलायत र ऊर्जामन्त्री खड्काले चैत ५ देखि ६ सम्म हुने बर्लिन इनर्जी ट्रान्जिसन डायलगको ११ औं संस्करणमा भाग लिनका लागि जर्मनी जान स्वीकृति पाएका छन्।


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
                                 
                                 
                                 
                                 
                                