अर्थबाट छानीछानी किन खेदिए एमालेकै कर्मचारी ?

सरकारको नेतृत्व अहिले नेकपा एमालेले गरिरहेको छ तर स्थिति यस्तो छ कि एमालेकै कर्मचारीहरु पेलानमा परिरहेका छन् ।

बिज्ञापन

कतिपय कर्मचारीका दुःख कस्ता छन् भने, जीवनभर जुन विचार बोक्यो, त्यहीँबाट प्रहार भइदिने । विरोधीको सरकार बने त चोट सहन तयार भएरै जागिर खाएका हुन्छन् । तर, जब आफ्नैले पिरोल्छन्, तब भन्ने ठाउँ कहीँ नहुँदो रहेछ । अघिल्लो पटक केपी ओलीले साढे तीन वर्ष सरकार चलाउँदा कांग्रेस पृष्ठभूमिका लोकदर्शन रेग्मीहरुले मुख्यसचिवदेखि अनेकन सेवा, सुविधा लिइरहे । तर, केदार न्यौपाने, कृष्ण देवकोटा, एकनारायण अर्याल, यादवप्रसाद कोइराला, सुरेश अधिकारीजस्ता सचिवहरुले भकुण्डोझैँ घरी यता घरी उता लखेटिए । यी कर्मचारीलाई एमालेनिकट भनेर चिनिन्थ्यो । तीमध्ये एकनारायण अहिले मुख्य सचिवको भूमिकामा छन्,उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको ट्युनिङ मिल्न छाडेको छ ।
उता अहिले अर्थ मन्त्रालयबाट कम्युनिष्ट पृष्टभूमिकै कर्मचारीहरु खेदिन थालेका छन् । कुनै समय अर्थ मन्त्रालय र मातहतका कार्यालयमा बसेर रजगज गरेका कर्मचारीहरु आज समयक्रम सँगै भित्तामा पुग्दैछन् । जस्तो अर्थ मन्त्रालयमा रजगज गरेका र वैदेशिक अध्ययन तथा तालिमका नाममा राज्यबाट सबैभन्दा धेरै लाभ लिएका सचिव मधु मरासिनी अर्थबाट बाहिरिएर उपराष्ट्रपति कार्यालय हुँदै योजना आयोगबाट अवकाशमा गएका छन् ।
मरासिनी तिनै कर्मचारी हुन जो मुख्यसचिवको कुर्सीमा बैकुण्ठ अर्याल रहुन्जेल शक्तिशाली निकायमा कार्यरत रहे । अख्तियारले विशेषमा मुद्धा चलाएर पूर्ण फैसला नआउँदै पुन अर्थमै फर्किए । निजामतीभित्र अवसरमासिथ अवसरको खात पाउने प्रशासकमा गनिन्छन्,मधु । जसले १३ बर्ष समय वैदेशिक अध्ययन तथा विदेशमै बिताएका थिए । उनी किनारामा परेसँगै उनको भाइ शम्भु पनि अर्थबाट साइड लागे । मधुले आफू अर्थ सचिवको कुर्सीमा पुग्दा भाई शम्भुलाई अर्थमा भित्र्याएका थिए । पछि उनी त्रिभुवन भन्सार कार्यालय, मझौला करदाता कार्यालय, महालेखा नियन्त्रक, भन्सार जाँचपास परिक्षण कार्यालयका प्रमुखको जिम्मेवारी चलाए । जसरी मधु अर्थबाट आउट भए उसैगरी अहिले शम्भु पनि अर्थबाट बाहिरिएर अहिले उर्जा मन्त्रालयमा पुगेका छन् । हालैमात्र कुलमान घिसिङ्गलाई कार्यसम्पादन मूंल्याकनमा शून्य अंक दिने मध्येका एक हुन ।
यही घटनाक्रम देखियो,रामशरण पुडासैनीको दाजुभाईको हकमा समेत । हालैमात्र भन्सार विभागबाट हटाइएका हरिशरण पुडासैनी रामशरणका साखै भाइ हुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बागमती प्रदेशबाट अर्थ मन्त्रालय भित्र्याएर भन्सार विभागको महानिर्देशक बनाइएका हरिशरण पुडासैनी ६ महिना नबित्दै त्यहाँबाट फालिए । पुडासैनी दाजुभाई पालैपालो अर्थ मन्त्रालयको सबैभन्दा शक्तिशालि मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख समेत चलाए । हालैमात्र भन्सार विभागको महानिर्देशकबाट भाइ हरिशरण पुडासैनीलाई फालेर महेश भट्टराईलाई पठाइनु र पूर्व सचिव रामशरण पुडासैनी वीमा प्राधिकरणको अध्यक्षको प्रवल दावेदार हुँदा हुँदै पत्रकारिता पृष्टभूमिका शरद ओझाले त्यहाँ नियुक्ति पाउनुको बीचको कनेक्सन के होला ? जागिरे जीवनमा एमाले शक्ति र सत्तामा हुँदा धेरै लाभ उठाउनेमध्येका एक कर्मचारीका रुपमा चिनिन्थे रामशरण । ओली सरकारको निगाह हुँदा एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाइएको थियो ।
यी दाजुभाई नै मधु र शम्भुले जसरी अर्थमा रजगज गरेका थिए उसै गरी एमाले सत्तामा हुँदा प्रचुर लाभ लिएका कर्मचारी हुन । रामशरण एसियाली विकास बैंकको वैंकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला गएपछि भाई हरिशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदै ग्वान्जाओको महावाणिज्यदूत समेत चलाएका थिए । जसरी मधु र शम्भुहरुलाई समयले किनारामा पारिरहेको छ,उस्तै हालत छ अहिले रामशरण र हरिशरणहरुको ।
उसो त अर्थबाट यी दुई कम्युनिष्ट पृष्टभूमिका भाइहरुमात्र होइन दीर्घ मैनाली पनि लखेटाइमा परेका छन् । अर्थ मन्त्रालयबाटै कम्युनिष्ट पृष्टभूमिका सचिव रामप्रसाद घिमिरे लखेटिएर अहिले शीतलनिवासतिर पुगेका छन् । आगामी आर्थिक वर्षको बजेट तयारी शुरु हुनै लाग्दा घिमिरेलाई राष्ट्रपति कार्यालय पठाएर उनको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरे विदेशबाट पिएचडी गरेका अर्थतन्त्रका ज्ञाता मानिन्थे ।
यसै गरी कुनै समय एमालेको राजमा राज गरेका दीर्घ मैनालीलाई पनि अर्थबाट किनारा लगाइएको छ । मैनाली राजस्वका अब्बल क्याडर हुन। यस अघि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ठूलठूला फाइल खोलेर चर्चामा आएका उनी ३३ महिना त्यहाँ बिताएका थिए । सबैभन्दा धेरै समय राजश्व अनुसन्धान विभागमा बस्ने कर्मचारीका रुपमा परिचित मैनाली पछि आन्तरिक राजश्व विभाग हुँदै अर्थमा पुगेका थिए । यस्तै एमाले निकटका प्रशासकका रुपमा चिनिएका रामप्रसाद आचार्य,सेवन्तक पौडेलदेखि हालैमात्र वाणिज्य आपस्र्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट सामान्य प्रशासनको बरण्डामा ल्याइएका राजन पौडेल पनि एमाले निकटका कर्मचारीका रुपमा चिनिन्छन् । पौडेललाई सात महिनामै विभागबाट सामान्यको बरण्डामा तानेर कुमार दाहाललाई त्यता खटाइएको छ ।

बिज्ञापन

घरी कांग्रेस, घरी वामपन्थी भएर दोहोरो सुविधा लिन सक्ने छद्मभेषीहरू भने जहिलेसुकै हालीमुहाली गर्न सक्षम देखिएका छन् । यस्तै खोटा सिक्काहरुले गर्दा असली वामपन्थी कर्मचारीको पार्टी र नेताप्रति विश्वास घटेको कम्युनिष्ट पार्टी निकट रहेका कर्मचारीहरुको टिप्पणी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

सरकारी कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कसको कती पुग्यो ?

कर्मचारीलाई सरकारको ठूलो उपहार : बेसिक तलब १० प्रतिशत वृद्धि, न्यूनतम आम्दानी ४० हजार पुग्ने

कर्मचारीको तलब बढ्यो

नर्सहरूको रात्रि भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाइयो

सुनिल लम्सालको मन्त्रालयले पायो ३२३ अर्ब बजेट

सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने

कर्मचारीको सेवा–सुविधा ‘सम्मानजनक’ बनाइने, सार्वजनिक संस्थान सुदृढ गरिने

बिशेष