पूर्वराजा आज काठमाडौं फर्कदै, सुरक्षा व्यवस्था कडा

महिना दिनसम्म पोखरामा बसेर आज काठमाडौं फर्कदै छन् पूर्वराजा ज्ञानेन्द्र शाह । मध्यान्ह पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएपछि राजावादी शाक्तिहरुले आज जुलुससहित स्वागतको तयारी थालेका छन् ।

बिज्ञापन

पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन् । राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेसँगै उपत्याकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्व राजा समर्थकहरुले आज मध्यान्ह तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय गरेका छन् ।

बिज्ञापन

राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज विमास्थलमा पूर्वराजालाई स्वागत गर्ने भन्दै तयारी थालेसँगै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष