नेकपा (एमाले) रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन् । गत वैशाख २५ मा सम्पन्न पार्टीको ९ औं जिल्ला अधिवेशजिल्ला अध्यक्षमा निर्वाचित ढकालले १० महिना पछि नै सो पार्टी परित्यागको घोषणा गरेका छन् ।
बिज्ञापन
यस अघि पार्टीको जिल्ला सचिव चलाएका उनी ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा सक्रिय थिए ।
बिज्ञापन
माओवादी,नयाँ शक्ति,जनता समाजवादी,नेपाली काँग्रेस हुँदैं एमाले पार्टीमा प्रवेश गरेका प्रेम तमाङ लगायतका नेताहरुका कारण उनी पार्टीबाट अलग भएका हुन । प्रेम ०६४ को संविधानसभा निर्वाचनमा रसुवाबाट माओवादी प्रतिनिधिको रूपमा विजयी भएका थिए । त्यसपछि उनी ०७४ सालमा तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए । पछि उनी काँग्रेस बनेका हुन र ८० साल वैशाख ९ मा एमालेमा प्रवेश गरेका हुन ।
प्रेम जुन पार्टीमा सक्रिय रहे,सोही पार्टी र राजनीतिमा लफडामा पर्दै आएको छ । पछिल्लो समय उनी एमाले पार्टीमा प्रवेश गरेसँगै पार्टीमा आन्तरिक कलह चुलिएको थियो । पार्टीभित्रका जनजाती पृष्टभूमिका नेताहरुलाई एकत्रित गरेर जातीय राजनीति गर्न थालेपछि जनार्दन एकिलदै गएका थिए । कतिसम्म भने केही अगाडि सम्पन्न एउटा विद्यालयको कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईलाई प्रमुख अतिथि बनाइँदा त्यहाँ चर्काे विवाद उत्पन्न भएको बिषय कर्मचारी प्रेसले समाचार प्रकाशन गरेको थियो । प्रेमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालको विशेष पहलकदमीमा एमाले प्रवेश गरेका थिए । पछि उनैलाई पार्टीको केन्द्रीय सदस्य र रसुवा इन्चार्जको जिम्मेवारी दिइएसँगै ढकाल रुष्ट थिए ।
बिज्ञापन
ढकालले आज हिमालयन टेलिभिजनमा रामचन्द्र अर्यालसँग अन्तर्वार्ता दिँदै भनेका छन्, ‘पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको,पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन । ढकालका अनुसार पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन् ।’
यही समस्याका कारण रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । ढकाल निर्माण व्यवसायी हुन ।राजनीतिमा लागेसँगै उनको व्यवसाय समेत ओराला लाग्न पुगेको छ ।
यसरी जनार्दन ढकाललाई राजीनामा दिन बाध्य बनाउने प्रेम पछिल्लो समय ठगीमा मुछिएका नेता हुन । रसुवालीहरुलाई शेयरबाटै करोडपति बनाउने सपना बेचेर विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा लि धुन्चे, रसुवाको रसुवाबाट ६ करोड उठाइएको सर्वसाधरण ठगिएको बिषय यस अघि पटक पटक उठ्दै आएको छ ।
प्रति व्यक्ति ५ हजार ५ सय रुपैंयाका दरले विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीका नाममा मैलुङखोला जलविद्युत आयोजना ‘ए’को शेयरको नाममा रसुवा,नुवाकोट,धादिङदेखि काठमाडौंसम्मका व्यक्तिहरु सो कम्पनी र प्रेमको प्रलोभनमा परेर ठगिएहरुले बिषय उठ्दै आएको छ । तर ८ बर्ष व्यतित हुँदासम्म न साँवा आयो न ब्याज, न शेयरधनी नै भइयो । सर्वसाधारणको करोडौँ लगानी माउको थुनमा न बच्चाको मुखमा’ भनेजस्तो न आयोजनामा लगानी भयो न त साँवा व्याज आयो, न त आफ्नो पैसा आफैँले राख्न पाइयो ।
शेयर खरिदमा ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ७६ कार्तिक २४ मा पीडितहरुले उजुरी दिएका भए पनि शक्तिकेन्द्रको दवाव र प्रभावमा उनीमाथि कुनै छानबिन भएको छैन ।


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
								 
                     
                     
                                 
                                 
                                 
                                 
                                