महिला भएकै कारण अन्याय सहनु पर्यो :-डा मिश्र

वरीयता मिचेर आफूभन्दा कनिष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाइएको भन्दै अतिरिक्त सचिव संगिता कौशल मिश्रले असन्तृष्टि पोख्दै आएकी छिन् ।

बिज्ञापन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका अतिरिक्त सचिव डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएर पनि बढुवा नपाएकी मिश्रले यो बिषयमा आपत्ति जनाउँदै आएकी छिन् ।
उनले आफू महिला भएकै कारण अन्याय सहनु परेको बताएकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सचिवको नियुक्तिमा महिला भएकै कारण आफूमाथि अन्याय गरिएको भन्दै असन्तृष्टि पोखेकी छिन् ।

बिज्ञापन

उनले लेखेकी छिन्,मैले भोगेको विभेदको कठोर यथार्थले मलाई महिला भएकै कारण हामीले हरेक दिन सामना गर्नुपर्ने असमानता र अन्यायको झल्को दिलाएको छ । यो दिवस उपलब्धिको उत्सव मात्र नभइ महिलाले सहनु परेको संघर्ष र आगामी चुनौतीहरूको स्मरण भएको छ ।

मिश्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूलाई महिला र मधेशी भएकै कारण मन्त्रालयमा आएदेखि नै हेप्दै र विभेद गर्दै आएको तथा अहिले बढुवाका क्रममा पनि अन्याय गरेको बताएकी छिन् । यस अघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिइन । स्वास्थ्यमन्त्री पौडेलले उनलाई मन्त्रालयमा तानेर विभागको महानिर्देशकको रुपमा डा विकास देवकोटालाई पठाएका थिए ।

बिज्ञापन

अहिले सचिव बढुवामा आफूले भोगेको विभेद व्यक्तिगत मात्रै नभएर प्रणालीगत बाधाहरूको प्रतिबिम्ब रहेको संगीताको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष