मेरिटोक्रेसी मिचिएपछि स्वास्थ्यमा खैलाबैला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय विवादमा परेको छ ।

बिज्ञापन

आफूभन्दा जुनियर देवकोटालाई सचिव नियुक्ति गरिएको भन्दै सचिव डा संगिता कौशल मिश्र राजीनामा दिने मुडमा पुगेकी छिन् । हिजो बसेको क्याविनेट बैठकले दोश्रो वरियताका डा देवकोटालाई नियुक्ति गरेसँगै मिश्रले राजीनामा दिने मनस्थितिमा पुगेकी हुन ।

बिज्ञापन

गत १२ फागुनमा स्वास्थ्य सचिव डा रोशन पोखरेल अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको थियो । जसमध्ये डा संगीता कौशल मिश्र, डा टंक बाराकोटी र डा विकास देवकोटाको नाम सिफारिस गरेको थियो क्याविनेटले दोश्रो नम्बरमा सिफारिस भएका देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेसँगै मिश्रले आपत्ति जनाएकी छिन् । देवकोटालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल आएसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएका थिए । यस्तै स्वास्थ्य सेवा विभागमा कार्यरत डा संगीता कौशल मिश्रलाई प्रदीप पौडेलले मन्त्रालयमा तानेका थिए । यस्तै डा टंक बाराकोटी मन्त्रालयमै कार्यरत छन् ।

सिनियरको हिसाबले मिश्र ०७९ असार २३ गते १२ औ तहमा बढुवा भएकी हुन पनि विकास र टंक भने संगीता बढुवा भएको ९ महिना पछि चैत्रमा मात्र १२ औ तहमा उक्लिएका हुन । ०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । उनले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन्,अहिले । यस्तै २०५६ सालबाट सेवा प्रवेश गरेका झापाली बराकोटीले मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन् । लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन् ।यस्तै ५७ सालमा सेवा प्रवेश गरेकी मिश्र कोराना महामारीमा कोशी अस्पताल व्यवस्थापनमा अब्बल ठहरिएकी कर्मचारी हुन । उनी पछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक चलाइसकेकी कर्मचारी हुन ।

बिज्ञापन

तर सिनियरलाई पाखा लगाएर जुनियरलाई सचिव बनाइएसँगै सचिव मिश्रले आफूलाई मधेशी महिला भएकै कारण मन्त्री पौडेलले पौडेलले विभेद गरेको आरोप लगाएकी छिन् । स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा वरीयता तथा मेरिटोक्रेसी मिचिएको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष