अख्तियारलाई भर्याङ्ग बनाएर गृह र अर्थमा फड्को

पछिल्लो समय केही समय अनुसन्धान गर्ने निकायमा बस्ने र त्यहाँबाट गृह तथा अर्थतिर फाल हाल्ने कर्मचारीको संख्या बढ्न थालेको छ ।

बिज्ञापन

जस्तो हालैमात्र ७८ जना सहसचिवको सरुवा गरिँदा ईश्वरी प्रसाद अर्याल,नरहरि घिमिरे,माधव प्रसाद पोखरेल अख्तियारबाट गृह मन्त्रालयमा भित्रिएका छन् । वेद भण्डारी र खगेन्द्र रिजाल भने अख्तियार पुगेका छन् । यस अघि अख्तियारमा बसेका श्यामप्रसाद भण्डारी अहिले अर्थतिर आइपुगेका छन । भोला दाहाल अख्तियारमा लामो समय बसेर गृहमा इन्ट्री भएका हुन । यस अघि अख्तियारमा बस्दा काविल ठहरिएका डा भीष्मकुमार भुषाललाई गृहमा पेण्डुलम बनाएर राखिएको धेरै समय भइसकेको छ । कुनै समय अख्तियार बुटवलको हाकिम हुँदा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखलगायत तीन जना उपसचिवस्तरका कार्यालय प्रमुखलाई पक्राउ गरेर देशैभरका अख्तियारका कार्यालयमध्ये स्टिङ अपरेसनमा कीर्तिमानी कायम गर्नै भुषाललाई विपद् प्राधिकरणमा थन्काइएको छ ।

बिज्ञापन

यस्तै प्रदीपकुमार कोइराला समेत केही समय अख्तियारका प्रवक्ता थिए । उनी पछि संष्कृति पर्यटन मन्त्रालय हुँदै पछि गृहमा पुगेका थिए । उनी पछि अख्तियारका प्रवक्ता बन्न पुगेका तारानाथ अधिकारीपछि सम्पत्ति शुद्धीकरण हुँदै दिल्लीको ‘मिनिष्टर इकोनोमिक’मा नियुक्त भएका थिए ।

यसरी अख्तियारलाई भ¥याङ्ग बनाएर अर्थ र गृह फड्को मार्ने सहसचिवमात्र होइन । सचिवहरु समेत छन्,जस्तो हालैमात्र अख्तियारबाटै घनश्याम उपाध्याय अर्थ मन्त्रालयमा भित्रिएका छन् । पछिल्लो एक दशकको अवधिमा अर्थ र राजश्व सचिव बनेकामध्ये अधिकांश अख्तियारलाई फड्के बनाएर यता भित्रिएका देखिन्छन् । ०६९ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी हुन वा ०७२ साउनमा अर्थ सचिव बनेका राजन खनाल, ०७९ साउनमा कृष्णहरि पुस्कर, ०७९ साउनमै राजस्व सचिव बनेका रामेश्वर दंगाल र राजस्व सचिवबाट ०८१ साउनमा अर्थ सचिव बनेका डा. रामप्रसाद घिमिरे हुन वा अख्तियारबाटै फड्के मारेर गृह सचिव बनेका महेश्वर न्यौपाने हुन । संयोग चाहिँ यी बाहेक दुई शिशिर ढुंगना र मधुकुमार मरासिनीमात्र अख्तियारभन्दा बाहिरबाट अर्थ सचिव बने । र,अख्तियार पनि यी दुबैलाई मात्र लागेको देखिन्छ । मधु मरासिनीलाई अख्तियार लागेर सात महिना निलम्बनमा परेका कर्मचारी हुन । नेशनल पेमेन्ट गेटवे प्रकरणमा डामिएका सचिव हुन मधु मरासिनी । अख्तियारले मधुसहित ९ जनालाई अख्तियारले २३ करोडको भ्रष्टाचार मुद्दा चलाएको थियो । जनार्दन शर्मा अर्थमन्त्री हुँदा राजश्व दरमा भएको हेरफेरमा ‘मुसा छिर्दा’ मरासिनी अर्थसचिव थिए । व्यापक आलोचना भएपछि उद्योगमा पुगे । त्यही रहँदा अख्तियारले मुद्दा हाल्यो असोज १५ गते । नेशनल पेमेन्ट गेटवे प्रकरणमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा अख्तियारले उद्योगका तत्कालीन सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो तर विशेषले यो प्रकरणमा सुनिल पौडेललाई मात्र भ्रष्टाचारी ठहर गर्दै बाँकीलाई क्लिन चिट दिएपछि उनी अर्थ,उपराष्ट्रपति कार्यालय हुँदै राष्ट्रिय योजना आयोगबाट अवकाशमा गइसकेका छन् । यस्तै पूर्व अर्थ सचिव शिशिर कुमार ढुङ्गना समेत यस्तै नियति भोग्ने सचिव हुन ।

बिज्ञापन

जागिरे जीवनमा अख्तियारमा नबसेका पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना वाइडबडी विमान खरिदमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले ढुंगानालाई १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ ९० पैसा बिगो र त्यति नै जरिवाना अशुल गर्ने फैसला सुनाएको छ,केही महिना अगाडिमात्र । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबढी खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले दायर गरेको आरोप पत्रमा यस्तो फैसला गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

बिशेष