अब भन्सारका कर्मचारीको छुट्टै पोसाक

भन्सारका कर्मचारीको पहिचानका लागि राज्यले अब छुट्टै पोशाकको ब्यवस्था गर्ने भएको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार नेपाली भन्सारका कर्मचारीका लागि त्यस्तो ब्यवस्था गर्न लागिएको हो ।

बिज्ञापन

प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा भन्सार विधेयकमाथिको दफावार छलफलका यस्तो व्यवस्था गर्न लागिएको हो । अर्थसमितिमा मंगलबारदेखि दफावार छलफल भइरहेको भन्सार विधेयकमा भन्सारका कर्मचारीहरूको छुट्टै पोसाकको व्यवस्था गर्ने सहमति भएको छ ।

बिज्ञापन

भन्सार विधेयकको दफा १६ मा भन्सारका कर्मचारीको पोसाक र चिह्न तोक्न सक्ने व्यवस्था गरेको छ ।
अब भन्सारका कर्मचारीको लागि छुट्टै पोसाकको व्यवस्था हुने भएको हो । भन्सारका कर्मचारीको पहिचानका लागि राज्यले छुट्टै पोसाकको व्यवस्था गर्ने गरी कानुनमा व्यवस्था गरेको हो ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपाली भन्सारका कर्मचारीका लागि त्यस्तो व्यवस्था गर्न आवश्यक रहेको सांसदहरूको समेत मागअनुसार भन्सार विधेयकमा सहमति जुटाइएको छ ।

बिज्ञापन

यस अघि पनि भन्सारका कर्मचारीहरुका लागि राज्यले गरेको नयाँ पोशाकको ब्यवस्था गर्ने तयारी थियो । त्यस समयमा कालो जुत्ता एवम् भन्सारको लोगोसहितको सुट, टाई र क्याप हुनेछ । सुट गाढा खरानी, सर्ट घ्यू रंग र टाइ सेता धर्कासहित निलो रंगको हुने व्यवस्था अगाडि बढाइएकोमा पछि अलपत्र परेको थियो ।

यता विधेयकको  १ देखि ३० दफासम्म सहमति भएको छ । अब समितिले भन्सार विधेयकलाई चाँडै टुंगोमा पुर्‍याउने गरी अघि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष