सहकारीभन्दा डरलाग्दो शेयर ठगी प्रकरणमा मुछिए एमालेका जिल्ला इञ्चार्ज,सात बर्षसम्म भएन अनुसन्धान

अहिले चिया पसल,सदनदेखि संसदसम्म तातेको बिषय हो,सहकारी ठगी प्रकरण । यो भन्दा कम डरलाग्दो छैन,रसुवाका तत्कालीन एक सांसदले सर्वसाधरणलाई गरेको ठगी । सात बर्ष अघि जनताको मन- मनमा थिए प्रेम तमाङ । सोही समयमा हो,उनले जनताको दिमाग भुटेर प्रति सर्वसाधरण पाँच,दश हजार रकम उठाएर,कसैको एकाघरबाटै पचास हजारसम्म रकम शेयरको नाममा उठाएर,करोडौं ठगी गरेको बिषयले बल्ल अहिले रसुवा जिल्ला तातेको छ ।

बिज्ञापन

छेपारोले झैं रङ फेर्दै हिड्ने एक नव एमाले शेयरका नाममा सर्वसाधरण ठगी गरेको बिषय अहिले ले किन अहिले रसुवाका एमाले र माओवादीका नेताहरुलाई ‘तातो लागेको’ होला ? सात बर्षसम्म जनता ठगिँदा,रोइ कराई गर्दा जनताको रोदन नसुन्ने र नदेखेका नेताहरुले अहिले यो बिषय किन उठान गरिरहेका छन्,त्यो बिषय चाहिँ रहष्यकै गर्भमा छ,समयक्रमसँगै खुल्ला कुनै दिन ।

बिज्ञापन

कुनै समय यस्तो थियो प्रेम तमाङ,रसुवाली जनताका लागि ‘हिरो’ थिए । सशस्त्र द्धन्द छोडेर माओवादीले शान्तिपूर्ण राजनीतिको बाटो तय गरेपछि प्रेम तमाङ रसुवाबाट संघीय सांसदमा निर्वाचित भए । माओवादी छाडेर बाबुराम भट्टराईको पछि लागे । तार लागेन,उपेन्द्र यादवको जनता समाजवादी पार्टीतिर लागे । प्रदेश सांसदमा खुम्चिए । कम्युनिष्ट राजनीतिबाट स्खलित हुँदै उनी नेपाली काँग्रेसको झण्डामुनी पसे । यद्यपि जिल्लामा उनको चार्ममा कुनै कमि थिएन । जनताको उनीप्रतिको विश्वास कायमै थियो । त्यही विश्वासलाई हातमा लिएर उनले रसुवालीहरुलाई शेयरबाटै करोडपति बनाउने सपना बेचे । आफ्नो आर्दश नेताको सपना जनताले पत्याउने नै भए । पत्याए ।

‘समृद्धी सम्भव छ आफ्नै पालामा’ भन्ने नाराका साथ तत्कालीन नयाँ शक्तिको उत्पादन तथा समृद्धि विभागप्रमुख रहेका रसुवाका सांसद प्रेम तामाङको योजनामा स्थापना गरिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा लि धुन्चे, रसुवाको नाममा सो आयोजनाको शेयर भर्ने भन्दै रसुवाबाट ६ करोड उठाइएको सर्वसाधरणदेखि नेताहरुले बल्ल मुख खोल्न थालेका छन् । यस बिषयमा कर्मचारी प्रेसले चार बर्ष अगाडि नै समाचार प्रकाशन गरिसकेको थियो । हामीलाई प्राप्त रसिद अनुसार,तमाङले सोझा सिधा रसुवाली जनतासँग कम्तिमा प्रति परिवार ५ हजार ५ सय रुपैंया शेयरमा लगनाी गर्न भन्दै असुलिएको छ । अधिकांशले ११ हजार,केहीले २२ हजार रुपैंयासम्म तमाङको विश्वास गरी बुझाएको सात बर्ष भन्दा बढी समय व्यतित भइसकेको छ । यसरी उठाइएको रकम पनि आधा मात्र दाखिला गरेर आधा गोलमाल भएको बिषय अहिले उठ्दै छ ।

बिज्ञापन

विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीका नाममा मैलुङखोला जलविद्युत आयोजना ‘ए’को शेयरको नाममा रसुवा,नुवाकोट,धादिङदेखि काठमाडौंसम्मका व्यक्तिहरु सो कम्पनी र प्रेमको प्रलोभनमा परेर ठगिएहरुले बर्षाैदेखि आवाज उठाउँदा जिल्लाका कुनै नेताहरुले बोलेको सुनिएको थिएन तर आज बल्ल नेताहरुको मुख खुलेको छ,उनीहरुले सामाजिक सञ्जालबाटै यो बिषय उठान गरेका छन् ।


चिलिमे जलविद्युत कम्पनीको शेयरबाट उत्साहित भएका रसुवा र छिमेकी जिल्लाका सोझा सिधा सर्वसाधरणलाई तत्कालीन माननीयले शेयरबाट करोडपति बन्ने सपना देखाए । शेयर भन्दै लगानी गरेको पैसा सर्वसाधरणले खाई नखाई हजारौं लगानी गरे । तर ८ बर्ष व्यतित हुँदासम्म न साँवा आयो न ब्याज, न शेयरधनी नै भइयो । सर्वसाधारणको करोडौँ लगानी माउको थुनमा न बच्चाको मुखमा’ भनेजस्तो न आयोजनामा लगानी भयो न त साँवा व्याज आयो, न त आफ्नो पैसा आफैँले राख्न पाइयो । यो आयोजना देखाएर गरिएको विशिष्ट प्रकारको ठगीनै थियो । अहिले सतहमा आएको सहकारी ठगीभन्दा डरलाग्दो ठगी प्रकरण हो यो ।
शेयर खरिदमा ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ७६ कार्तिक २४ मा पीडितहरुले उजुरी दिएका भए पनि शक्तिकेन्द्रको दवाव र प्रभावमा उनीमाथि कुनै छानबिन भएको छैन । पार्टीको नाममा अभियान चलाएर कार्यकर्ता र सर्वसाधारणको पैसा कहाँ र कस्तो अवस्थामा छ ? जिल्लाका हजारौं सर्वसाधरणसँग यसरी उठाइएको करोडौं रकम खैं ? अब यो प्रश्नले प्रेम तमाङलाई लखेट्न थालेको छ ।

प्रेमहरुको समूहले रसुवा, नुवाकोट,धादिङ,सिन्धुपाल्चोकदेखि काठमाडौँसम्मका सोझा सिधाबाट पैसा उठाइएको थियो । जसमा रसुवालीबाट ६ करोड बढी,नुवाकोटबाट १ करोड ५० लाख,काठमाण्डौबाट – २ करोड,सिन्धुलीबाट ५० लाख गरी ११ करोड बढी ठगी गरेको जिल्लाकै नेताहरुले बताउने गरेका छन् । यसरी ठगी गरेर सर्वसाधरणको विल्लीबाठ बनाएका छन् । यसरी सर्वसाधरणबाट उठाइएको रकमबाट प्रेम तमाङसहितका केही नेताको त सम्बृद्धि भयो होला तर जनताको बिल्लिबाठ भएको छ ।

उनको ठगी विरुद्ध सर्वसाधरणसँग प्रर्याप्त प्रमाण छ,उजुरी परेको छ,जिल्ला प्रशासन कार्यालयमा तर सत्ता र शक्तिसँग नजिक रहेका,हाल प्रधानमन्त्रीका एक जना सल्लाहकारका छत्रछायाँ पाएका उनी उपर कुनै अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।