चार विभागका महानिर्देशकको सरुवा,को बन्दैछन् नयाँ डिजी ?

सरकारले चार विभागका महानिर्देशकको सरुवा भएको छ । सोमबार बसेको क्याविनेट बैठकले सहकारी विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागका साथैं पशु सेवा विभागका महानिर्देशक सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार,सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरे र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

बिज्ञापन

उता पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको रुपमा पठाइएको छ । यस्तै केही महिना अगाडिमात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगेका संजीव कुमार कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा खटाइएको छ ।

सम्भवत यी निकायमा पठाउनका लागि अन्य सरकारी कार्यालयमा रहेका सहसचिवलाई सम्बन्धित निकायमा ल्याइएको छ । जस्तो उमेश ढुंगनालाई उद्योग पर्यटन तथा वन मन्त्रालय,रुपन्देहीबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

यस्तै,नेपाल ट्रष्टबाट कुमार दाहाललाई उद्योग मन्त्रालयमा ल्याइएको छ । कृषिमा भने कुनै सहसचिवलाई ल्याइएको छैन । मन्त्रालयमा कार्यरत रहेका सहसचिवहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण र पुश सेवा विभागमा खटाउन खोजेको बुझिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष