३७ सहसचिवको पदस्थापन :-पाँचलाई स्थानीय तह,१२ प्रदेश,२० लाई सिंहदरबार

 

बिज्ञापन

सरकारले हालैमात्र बढुवा भएका ३७ जना कर्मचारीको पदस्थान गर्दा ५ जनालाई स्थानीय तह,१२ जना सहसचिवलाई प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइँदा २० कर्मचारीलाई संघीय मन्त्रालय तथा संघकै कार्यालयमा खटाइएको छ ।

बिज्ञापन

सरकारले पाँच जना सहसचिवलाई स्थानीय तहमा खटाएको छ । एक जनालाई प्रदेशले नै खटन पटन गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हालैमात्र उपसचिवबाट बढुवा भएका ३७ जना सहसचिवको पदस्थापन गर्दा ५ जनालाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदस्थापन गरेको हो ।
जसमा हेमराज भुसाललाई इटहरी उपमहानगरपालिका सुनसरीमा खटाएको छ भने भरत गौतमलाई हेटौंडा उपमहानगरपालिकमा पठाइएको छ ।

बिज्ञापन

यस्तै,शान्तिराज प्रसाईलाई जितपुर सीमरा उपमहानगरपालिकामा खटाइएको छ भने वीरेन्द्र कुमार मिश्रलाई जनकपुर उपमहानगरपालिकामा खटाइएको छ । सरकारले राजेन्द्र हमाललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिममा पठाएको छ ।

यस्तै प्रदेशमा खटाइएका सहसचिवहरुमा पवन तिमिल्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी,युवराज अधिकारी,यमेन्द्र उपाध्याय र विमल बराललाई मधेश प्रदेश,बलराम ढकाल,लोकबहादुर सुनार,नारद गौतम र कविन्द्र नेपाललाई लुम्बिनी प्रदेश,इन्द्र प्रसाद बस्याललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,पूर्णमान शाक्य र धोलकराम ढकाललाई कर्णाली प्रदेश र कृष्णबहादुर शाही बाग्मती प्रदेशमा पदस्थापन गरिएको छ ।

बाँकी २० सहसचिवमध्ये ९ जनालाई गृह,२ अर्थ मन्त्रालय,१ जना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अन्य केहीलाई भूमि व्यवस्था ।मन्त्रालय,अख्तियार,लोकसेवा आयोग लगायतका निकायमा पदस्थापन भएका छन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

कार्यकक्षमै कुटिए डिभिजन वन कार्यालयका प्रमुख

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

बिशेष