गृहमा कति छन् कति यस्ता गडबडी

पछिल्लो समय गृह मन्त्रालय कर्मचारी परिचालनमा चुक्दै गएको गुनासो बढ्न थालेको छ । सहसचिव र उपसचिव तहका गरी दर्जनौ कर्मचारीहरुलाई मन्त्रालयको बरण्डामा थन्काइएको छ तर अझैं पनि तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहिन अवस्थामा चलिरहेको छ ।
गृह मन्त्रालयले गत शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासीमा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरिएको हो ।

बिज्ञापन

गृहले दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफर गर्दा अझैं थप तीन जिल्ला प्रमुख जिल्ला अधिकारी रिक्त छन् । खोटाङमा १६ माघ,ओखलढुंगामा १८ माघदेखि रिक्त रहेको छ । यस्तै रौतहट जिल्ला पनि प्रमुख जिल्ला अधिकारी विहनि बन्न पुगेको छ ।

बिज्ञापन

यी जिल्लाहरु प्रमुख जिल्ला अधिकारीविहिन भइरहँदा गृहमा सूर्य सेढाई र शशिधर घिमिरे बिगत पाँच महिनादेखि बरण्डामा छन् । यस्तै झण्डै दुई महिनादेखि बन्धु बास्तोला र प्रेम भट्टराई,अर्थबाट गृहमा भित्रिएका नारायण रिसाल दुई साता दिनदेखि जिम्मेवारी विहिन छन् । त्यहाँ दर्जन बढी उपसचिवहरु कौसीमा थन्काइएको छ ।
यसरी प्रमुख जिल्ला अधिकारीविहिन भएका केही जिल्लामा अप्रिय घटनाहरु घटिरहेका छन् । गत चार फागुनमा ४ फागुनमा खोटाङको हलेसी बजारमा आगलागी हुँदा नवलपरासीमा भएको अप्रिय घटना घट्दा त्यहाँ प्रमुख जिल्ला अधिकारी थिएनन् । खोटाङमा महिना दिन बित्दा समेत गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी खटाउन सकेको छैन ।

शुक्रवारमात्र रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी पश्चिम सरुवा गरिएको थियो । शुक्रवारको मन्त्रिस्तरीय निर्णयबाट नवलपरासीबाट सरुवा भएर माइती गाउँ मकवानपुरमा सरुवा भएकी स्किम श्रेष्ठ सोमबारमात्र त्यता हिडिसकेकी थिइन । मंगलबार यो अप्रिय निर्णय भएको हो । नयाँ सीडीओ रेग्मी हाजिर भइसकेका थिएनन् । तर मंगलबार बिहानैदेखि नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । घटनामा एक जनाको मृत्यु र दर्जनौं घाइते भए ।
यसरी कर्मचारी परिचालनमा गृहले अझैं पनि ध्यान दिन सकेको छैन । बरु त्यहाँका मन्त्री र सचिवको ध्यान कर्मचारीभन्दा प्रहरीको सरुवा बढुवामा केन्द्रित हुँदा समस्या आएका गृहका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष