मन्त्रीको आलोचना गर्दा सिइओको जागिर धरापमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै उपल्लो तहका एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउने प्रक्रिया अगाडि बढेको छ ।

बिज्ञापन

सामाजिक सञ्जालबाट मन्त्री खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख विमल गुरुङलाई जिम्मेबारीबाट हटाउने प्रक्रिया मन्त्रालयले अगाडि बढाएको हो ।

बिज्ञापन

मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले काटेको पत्रमा दूधकोशी आयोजनाको प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल जिम्मेवारीबाट हटाउन पत्र काटिएको छ । गुरुङलाई पदबाट हटाउन यसअघि मन्त्री खड्काले मौखिक निर्देशन दिएका भए पनि कार्यान्वयन नभएको भन्दै मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनलाई हटाइ मन्त्रालयलाई जानकारी गराउन पत्राचार गरिएको छ ।

गत फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गर्दै लेखिएको छ,तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत, बिमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई जिम्मेबारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमासमेत छलफल भई निर्देशन भइसकेकोमा निजलाई हालसम्म पनि जिम्मेवारीबाट नहटाएको बुझिन आएको हुँदा निजलाई तत्काल जिम्मेबारीबाट हटाई यस मन्त्रालयलाई जानकारी गराउनुहुन सचिवस्तरको निर्णयअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

बिज्ञापन

प्राधिकरणले दूधकोशी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा २०८१ साउन अन्तिममा इन्जिनियर गुरुङलाई पठाएको थियो । उनी २६ वर्षदेखि प्राधिकरण अन्तर्गतको जिम्मेवारीमा रहेर जलविद्युत् विकासमा काम गरेका विज्ञ व्यक्ति हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष