ट्रेड युनियनको निर्वाचनमा माओवादी कर्मचारी संगठन बिजयी,काँग्रेस दोश्रो,एमाले तेश्रो

अहिले सत्तामा महागठन्धन छ,काँग्रेस र एमालेको तर कर्मचारीहरुको निर्वाचनमा विना गठन्धन सिंगल सिंगल मैदानमा उत्रदा माओवादी निकट कर्मचारी संगठनले पासा आफ्नो पक्षमा पल्टाएको छ ।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा २२ वटा मतदान केन्द्र अर्थात कार्यालयमा भएको मतदानमा कूल ५०६ मत खस्दा माओवादी निकट कर्मचारी नेता
ई सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो । सो सङ्गठनले २०२ मत सहित विजयी भएको छ ।

बिज्ञापन

यस्तै उक्त निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक कर्मचारी सङ्घले १९४ मत प्राप्त गरेको छ । उक्त संघबाट गणेश प्रसाद भुसालको नेतृत्व गरेका थिए ।
यस्तै्र एमाले निकट कर्मचारी नेता मीन प्रसाद खनालको नेतृत्व गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठन १५३ मतसहित तेस्रो तथा ई अनिल कुमार गुप्ताको नेतृत्वमा रहेको मधेस तराई कर्मचारी युनियन २२ मत सहित चौथो र ई रतन दासको नेतृत्वमा रहेको जनमत पार्टी निकट कर्मचारी एकता मञ्च ५ मत पाएर पाँचौँ स्थानमा रहेको छ । जहाँ १० मत बदर भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सय बोरा चिनी गायब: गणपति र डीएसपी समेत मुख्यालय तानिए

सात दिनभित्र समाजिक सञ्जाल सूचीकरण नभए नेपालमा निष्क्रिय

भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !

लेखाका ३० उपसचिव र अधिकृतहरुको सरुवा

५० जना लेखापाल सरुवा, दबाबपछि मात्र सूची सार्वजनिक

प्रतिनिधिसभाले हटाएको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले उल्टायो

उच्च प्रशासकहरुको राजीनामाको लहर : जागिरबाटै विरक्ति कि अर्काे नियुक्तिको तयारी ?

ओली सरकारको वैद्यानिकता विवाद :अदालतले माग्यो तीन कागजात

बिशेष