ट्रेड युनियनको निर्वाचनमा माओवादी कर्मचारी संगठन बिजयी,काँग्रेस दोश्रो,एमाले तेश्रो

अहिले सत्तामा महागठन्धन छ,काँग्रेस र एमालेको तर कर्मचारीहरुको निर्वाचनमा विना गठन्धन सिंगल सिंगल मैदानमा उत्रदा माओवादी निकट कर्मचारी संगठनले पासा आफ्नो पक्षमा पल्टाएको छ ।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा २२ वटा मतदान केन्द्र अर्थात कार्यालयमा भएको मतदानमा कूल ५०६ मत खस्दा माओवादी निकट कर्मचारी नेता
ई सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो । सो सङ्गठनले २०२ मत सहित विजयी भएको छ ।

बिज्ञापन

यस्तै उक्त निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक कर्मचारी सङ्घले १९४ मत प्राप्त गरेको छ । उक्त संघबाट गणेश प्रसाद भुसालको नेतृत्व गरेका थिए ।
यस्तै्र एमाले निकट कर्मचारी नेता मीन प्रसाद खनालको नेतृत्व गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठन १५३ मतसहित तेस्रो तथा ई अनिल कुमार गुप्ताको नेतृत्वमा रहेको मधेस तराई कर्मचारी युनियन २२ मत सहित चौथो र ई रतन दासको नेतृत्वमा रहेको जनमत पार्टी निकट कर्मचारी एकता मञ्च ५ मत पाएर पाँचौँ स्थानमा रहेको छ । जहाँ १० मत बदर भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

बिशेष