दुवै सदनको बैठक बस्दै,अध्यादेश छैन कार्यसूचीमा

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । आज प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ । तर, सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश गरिने विषय उक्त कार्यसूचीमा अटाएको छैन ।

बिज्ञापन

बिहान १ः०० बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्

बिज्ञापन

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै राष्ट्रिय सभामा सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका केही विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूचीमा छ ।

भ्रष्टाचार निवारण(पहिलो संशोधन) विधेयक–२०७६ र विद्युतीय व्यापार विधेयक–२०८० उनले टेबुल गरिने कार्यसूची रहेको छ । यस्तै विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस कार्यसूची रहेको छ ।

बिज्ञापन

संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ आज पनि प्रस्तुत नहुने भएका छन् ।

यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो । जसमा प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक रहँदै आएको छ । भूमि अध्यादेशमा साथ नदिने जसपाको निर्णय पछि सरकारले उक्त अध्यादेश पेश गर्न बाट हचकिएको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

बिशेष