निजामती विद्येयकमा दफापिच्छे लफडा,सहमति खोज्न बडुको संयोजकत्वमा ११ सदस्यीय उपसमिति

संघीय निजामती सेवा विधेयकमा सहमति जुटाउन भन्दै उपसमिति गठन भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ११ सदस्यीय उपसमिति गठन गरेको हो ।

बिज्ञापन

हरेक जसो दफामा सत्तारुढ दलकै सांसदहरुबीच मतैक्य नहुने र उत्पन्न हुन थालेपछि सहमति जुटाउनका लागि भन्दै उपसमिति गठन गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।

बिज्ञापन

आज संघीय निजामती सेवा विद्येयकको दफा १० मा छलफल गर्ने कार्यक्रम थियो । प्रस्तावित विद्येयकको दफा १० मा निजामती सेवामा पदपूर्तिको व्यवस्था गरिएको छ । यस अघि २ फागुनमा बसेको समितिको बैठकमा सोही दफा उपर छलफल चलेको थियो । तर त्यसमा सहमति जुट्न सकेको थिएन ।

यस अघि संघीय निजामती सेवा विद्येयकको दफा ६ मा समेत उस्तै लफडा निस्किएको थियो । समितिमा रहेका काँग्रेसका माननीयहरुले अतिरिक्त सचिवको व्यवस्था हुनुपर्ने मत राखेका थिए भने एमालेका सांसदहरु अतिरिक्त सचिव राख्नु नहुने पक्षमा उभिएका थिए ।

बिज्ञापन

यस्का अलवा संघीय निजामती सेवा विधेयकको दफा ६ मै निजामती सेवामा हाल रहेको श्रेणीगत व्यवस्थालाई हटाउने र तहगत बनाइने सहमति जुटेको थियो भने भोलिपल्टै उक्त सहमति उल्टिएर विद्येयकमा तहगत र श्रेणीगत दुबै राखिने गरी सहमति खोजिएको थियो ।
यसरी हरेक दफा र उपदफामा लफडा निस्किन थालेपछि सहमतिका आधारमा टुंगो लगाउन राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ ।

उपसमितिको संयोजक कांग्रेस सांसद दिलेन्द्र बडूलाई तोकिएको छ भने समितिमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट हितराज पाण्डे,रास्वपाबाट डा चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् । राज्‍य व्‍यवस्था समितिका सभापति रामहरि खतिवडाले गरेको प्रस्ताव अनुसार यो निर्णय भएको हो ।

निजामती सेवा विद्येयकमा १४७ वटा दफा रहेका छन् । अब उपसमितिलाई महिना दिनभित्र विधेयकमा सहमति जुटाएर प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको छ । सबै दलहरूबीच र सरोकारवालाबीच सहमति जुटाएर उपसमितिले प्रतिवेदन पूर्ण बैठकमा पेश गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष