पेचिलो बन्दै पदपूर्तिको व्यवस्था,निजामती विद्येयकको दफा १० उपर आज पनि छलफल

संघीय निजामती सेवा विद्येयकको दफा १० मा छलफलमा सहमति जुट्न नसक्दा आज पनि सोही दफा उपर छलफल हुँदैछ । साता दिन पछि बस्न लागेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज पनि विद्येयकको दफा १० उपर छलफल हुन लागेको हो ।

बिज्ञापन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको  आज दिँउसो १ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यक्रम छ ।

बिज्ञापन

समितिको आजको छलफल विशेष छ,विशेष यस अर्थमा कि आजको छलफलमा विद्येयकको दफा १० देखि छलफल हुँदैछ । प्रस्तावित विद्येयकको दफा १० मा निजामती सेवामा पदपूर्तिको व्यवस्था गरिएको छ । यस अघि २ फागुनमा बसेको समितिको बैठकमा सोही दफा उपर छलफल चलेको थियो । तर त्यसमा सहमति जुट्न सकेको छैन । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव,कानुन सचिवका अलवा समितिका सदस्यहरुबीच छलफल हुने कार्यक्रम रहेको समिति सभापति रामहरि खतिवडाले जनाएका छन् ।

समितिका यस अघिका बैठकमा दफा १ देखि दफा ९ सम्ममा सहमति जुटेको छ । विद्येयकको दफा १ देखि ४ सम्म पहिलो चरणमा सहमति जुटेको थियो भने दफा ५ उपर छलफल हुँदा संघीय निजामती सेवामा ११ वटा सेवा समूह रहने गरी सहमति जुटेको थियो । अब निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवा अन्तर्गत नै रहने गरी सहमति जुटेको छ ।
प्रस्तावित संघीय निजामती सेवा विधेयकको दफा ६ मा निजामती सेवामा हाल रहेको श्रेणीगत व्यवस्थालाई हटाउने भएको छ । अहिले निजामतीमा राजपत्रांकित तृतीयदेखि विशिष्ट र राजपत्र अनंकित प्रथमदेखि पाँचौँसम्मका कर्मचारीको श्रेणीगत व्यवस्था छ । तर, स्वास्थ्य सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था छ । प्रस्तावित विद्येयकमा श्रेणी र तह दुबै रहने प्रस्ताव गरिएको भए पनि श्रेणीलाई हटाएर तहगत मात्र बनाउने सहमति जुटेको हो ।

बिज्ञापन

यस्तै बैठकमा दफा ७ मा रहेको कार्य विवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको छ । यस्तै दफा ९ माथि छलफल हुँदा अतिरिक्त सचिव पदबारे भने छलफल टुंगोमा पुग्न सकेको छैन। यो बिषयमा सत्ताधारी दल कै सांसदहरुको मत पिवभाजित भए पछि निश्कर्ष पुग्न सकेको छैन ।

नेपाली काँग्रेसका सांसदहरु अतिरिक्त सचिव पद राख्ने पक्षमा छन् भने नेकपा एमालेको सांसद विपक्षमा उभिएका छन् । प्रस्तावित निजामती सेवा विद्येयकमा १४७ दफा छन्,आज दफा १० उपर छलफल प्रारम्भ हुने छ । प्रस्तावित संघीय निजामती सेवा विद्येयकको दफा १० मा संघीय निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्था छ ।साता दिन अघि सोही दफामा छलफल हुँदा सहमति हुन नसकेका कारण आज पनि सोही दफामा प्रवेश गरी छलफल गर्ने कार्यतालिका रहेको समिति सभापति खतिवडा बताउँछन् । पदपूर्तिको वर्तमान व्यवस्था पुनरावलोकन हुनुपर्ने राजपत्रअंनकित कर्मचारीहरुको माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष